• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

भिरबाट लडेर घाईते भएका दुईमध्ये एकको उपचारका क्रममा मृत्यु

भिरबाट लडेर घाईते भएका दुईमध्ये एकको उपचारका क्रममा मृत्यु


समायोजन खबर
  • आइतबार, पौस २९ २०८०

  • सांकेतिक तस्विर

    समायोजन खबर खोटाङ, खोटाङमा भिरबाट लडेर घाईते भएका दुईजनामा एकजनाको उपचारको क्रममा मृत्यु भएको छ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा ठाडो फुलेलीका ३५ वर्षीय एकराज राईको उपचारको क्रममा आईतबार (आज) बिहान ११ः३० बजे शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो।

    मृतक राई र सोही ठाउँका २१ वर्षीय सुमन राई शनिबार साँझ साँढे ६ बजे मादक पदार्थ सेवन गरी गैरी फुलेलीबाट ठाडो फुलेली जाने क्रममा माईङ खोलाको भिरबाट अन्दाजी १०० मिटर तल खसेर घाईते भएका थिए।

    घाईते दुबैलाई तत्काल जिल्ला अस्पतालमा उपचारमा पु-याईएको थियो। जिल्ला अस्पतालमा सामान्य उपचार गरेर हिजै शिक्षण अस्पताल महाराजगञ्ज उपचारमा पुगेका दुईमध्ये एकराजको उपचार गर्दा गर्दै मृत्यु भएको प्रहरीले जनाएको छ। एकराजको शव निजकै भाई बृजेश राईले बुझि लगेको प्रहरीले जनाएको छ।

    अर्का घाईते सुमनको उपचार भईरहेको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology