• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

विद्यालयमा छैन खानेपानी,मागेर पानी पिउनुपर्ने बाध्यता

विद्यालयमा छैन खानेपानी,मागेर पानी पिउनुपर्ने बाध्यता


समायोजन खबर
  • मंगलबार, मंसिर १९ २०८०

  • चिसाङ शेर्पा,खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाको रामपुर प्राथमिक विद्यालयमा खानेपानी मागेर(खानुपर्ने)पिउनुपर्ने बाध्यता छ। यो विद्यालयले विगत ५–६ वर्षयता यसरी पानी उपभोग गर्नुपरिरहेको छ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका तत्कालिन मेयर दिपनारायण रिजालको कार्यकालमा नगरबाट पाईप ल्याई विद्यालयभन्दा माथिबाट पानी ल्याएर हिलट्याङकीमा जम्मा गरी खाईरहेकोमा मुहान नै सुकेपछि पानीको चरम समस्या भईरहेको विद्यालयका शिक्षक पर्शुराम ढुंङगानाले बताए।

    खाईरहेको पानीको मुहान सुकेपछि अहिले त्यही पाईप झिकेर ल्याई विद्यालय नजिकै व्यक्तिको घरबाट पाईप तानेर पानी मागेर खानुपर्ने बाध्यता छ। त्यही पानी नियमित नहुँदा झनै समस्या भईरहेको ढुंङगाना बताउँछन्। पानी अभावमा विधार्थीहरुलाई शौचालय प्रयोग गर्न असहज छ। शौचालय दुर्घन्धित हुने गरेको छ।

    नगरपालिकाबाट १ हजार मिटर पाइप र ट्याङकी बनाउने वजेट व्यवस्थापन भए सधैका लागि पानी ल्याउन सकिन्छ। मुहान पनि छ। नगरपालिकामा कुरा गरेका थियौ। तर, केही भएन। ढुंङगानाले भने।

    उक्त विद्यालयमा घेराबार, खानेपानी र मर्मतसंभारका लागि कोशी प्रदेससँग योजना माग गरिने नगरपालिकाको शिक्षा शाखाले जनाएको छ। रामपुर प्राविमा बालबिकासमा ८ जना, कक्षा–१ मा ५ जना, कक्षा–२ मा ५ जना, कक्षा–३ मा ५ जना र कक्षा–४ मा ४ जना विधार्थी नियमित अध्ययन गरिरहेको प्रधानाध्यापक आनन्द थापाले बताए। प्रअ थापाका अनुसार विद्यालयमा २७ जना विधार्थी नियमित आउँछन्।तर,विद्यालयले नगरपालिकामा ईमिस भरेर पठाउँदा ३४ जना विधार्थी देखाएका छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology