समायोजन खबर खोटाङ, शिक्षा विकास तथा समन्वय इकाई खोटाङका कार्यालय प्रमुख शैलेन्द्र बहादुर थापालाई मन्त्रालयले बोलाएको छ।
परिवारमा घरेलु हिंसा गरेको भनि आफ्नै श्रीमतीको उजुरीका आधारमा गएराती २ बजे दिक्तेलस्थित आफ्नै क्वाटरबाट प्रहरी नियन्त्रणमा परेका थापालाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आज (मंगलबार) नै बोलाएको हो।
थापालाई मन्त्रालयले बोलाएको प्रहरीले पुष्टि गरेको छ । स्वंयम थापाले पनि आफूलाई दुई, तीन दिनमा उपस्थित हुने गरी मन्त्रालयले बोलाएको स्वीकार गरे।
मन्त्रालय कहिले जानु हुन्छ भन्ने प्रश्नमा थापाले,आनाकानी गर्दै एक दुई दिनमा जाने तयारी भएको बताए।
थापाले परिवारमा घरेलु हिंसा गरेको र पक्राउ गरिदिन भन्दै थापाका श्रीमती गएराती प्रहरीमा पुगेकी थिईन् । त्यसपछि थापालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
पक्राउ परेका थापा र श्रीमतीबीच सहमति भएपछि आजै दिउँसो छोडिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology