• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पुरुष सहयोगीहरुसँग शी लिड्सको अन्तरक्रिया

पुरुष सहयोगीहरुसँग शी लिड्सको अन्तरक्रिया


समायोजन खबर
  • शुक्रबार, असार १५ २०८०

  • सहभागीका साथमा शी लिड्सका खोटाङ सहजकर्ता लक्ष्मीकुमार राई।

    समायोजन खबर खोटाङ, शी लिड्स(महिला नेतृत्व कार्यक्रम)ले लैङिगक समानता तथा स्थानीय सरकारमा निर्वाचित महिला जनप्रतिनिधिहरुको भूमिका सम्बन्धमा पुरुष सहयोगीहरुसँग अन्तरक्रिया गरेको छ।

    स्थानीय तहमा निर्वाचित महिला नेतृत्वलाई काम, कर्तव्य, अधिकार उपयोग गर्ने काममा सहजीकरण गर्दै संविधान प्रद्धत्त महिलाहरुको हक अधिकार सुनिश्चित गराउँदै आएको शी लिड्सले शुक्रबार होटल थ्री ब्रदर्शमा पुरुष सहयोगीहरुसँग अन्तरक्रिया गरेको हो।
    अन्तरक्रियामा शी लिड्सका खोटाङ सहजकर्ता दुर्गाजयन्ती राईले लिङग र लैङिगक समानता विषयमा र अर्का सहजकर्ता लक्ष्मीकुमार राईले यौन दुव्र्यवहार विषयमा प्रस्तुतीकरण गरेका थिए।
    अन्तरक्रियामा पुरुष शिक्षक, पुरुष पत्रकार, पुरुष पूर्व जनप्रतिनिधि, संघसंस्थाका पुरुष प्रमुख, पुरुष समाजसेवी सहभागी थिए।

    शी लिड्सले निर्वाचित महिला जनप्रतिनिधिहरुलाई योजना तर्जुमा, कार्यान्वयन तथा अनुगमन, तथ्याङ्क अद्यावधिक तथा संरक्षण, विकास निर्माण र व्यवस्थापन कार्य, नियमन कार्य, सिफारिस तथा प्रमाणित गर्ने कार्यजस्ता काम, कर्तव्य र अधिकार विषयमा जागरुक र चेतना फैलाउँदै आएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology