समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल वडा कार्यालयले आमा समूहलाई स्ट्रेचर वितरण गरेको छ। चालु आर्थिक वर्ष २०७९/२०८० को वडास्तरीय बार्षिक स्वीकृत बजेट अनुसार शुक्रबार वडा कार्यालयमा कार्यक्रम गरी स्ट्रेचर लगायतका सामाग्रीहरु वितरण गरेको हो।
लक्षित वर्ग, सरस्वती आधारभूत विद्यालय पोखरीलाई फर्निचर र मेसिनरी औजार, युवा वर्ष प्रावि कोठा ढलान तथा पार्टेसन र टनेल खरीदलाई एकमुष्ट बिनियोजित ८ लाख बजेटबाट स्ट्रेचरसहित विभिन्न सामाग्रीहरु वितरण गरिएको वडा कार्यालयले जानकारी दिएको छ।
ज्येष्ठ नागरिकलाई फर्निचर खरीदका लागि विनियोजन गरिएको ५० हजार बजेटबाट ज्येष्ठ नागरिक समाज संघलाई १० थान प्लाष्टिक कुर्सी र २ थान प्लाष्टिक टेबल, आमा समुहलाई स्टेचर, कुर्सी र टेबल खरीदलाई छुट्याईएको १ लाख ५० हजारभित्रबाट विभिन्न आमा समुहलाई १० वटा स्ट्रेचर, १२ थान प्लाष्टिक कुर्सी र १ वटा प्लाष्टिक टेबल वितरण गरिएको वडा सदस्य बलराम आचार्यले जानकारी दिए।
आचार्यका अनुसार दलित समुदायलाई सिलाई कटाई मेसिन र आरन औजारलाई छुट्याईएको १ लाखभित्रबाट विश्वकर्मा समुहलाई ३ वटा ग्रेण्डर र ५ वटा आगो फुक्ने मेसिन तथा दर्जी समुहलाई २ वटा लुगा सिलाउने मेसिन वितरण गरिएको छ।
यस्तै, कृषि समुहलाई दिन टनेल खरीदलाई छुट्याईएको ३ लाख बजेटबाट ५० वटा खरीद गरी वितरण गरिने लक्ष्य भएपनि पसलमा २४ थान मात्रै टनेल आएकाले हाललाई त्यति मात्रै बाँडिएको छ। अन्य आएपछि बाडिने छ।
कृषक समुह, आमा समुह, दलित समहुलाई वडाध्यक्ष नवराज राई, वडा सदस्य आचार्य, कार्यपालिका सदस्य अन्जना केसीले सामाग्रीहरु वितरण गरेका थिए। सरस्वती आधारभूत विद्यालय पोखरीलाई फर्निचर र मेसिनरी औजार खरीद र युवा वर्ष प्राविको कोठा ढलान तथा पार्टेसनमा १/१ लाख खर्च भएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology