• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

घट्यो खोटाङको जनसंख्या, दश वर्षमा ३१ हजार १४ जना घट्यो

घट्यो खोटाङको जनसंख्या, दश वर्षमा ३१ हजार १४ जना घट्यो


समायोजन खबर
  • बिहिबार, जेष्ठ ३२ २०८०

  • समायोजन खबर खोटाङ, २०६८ सालको जनगणनापछि २०७८ कात्र्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म ‘मेरो गणना, मेरो सहभागिता’ नारासहित नेपालमा १२ औं राष्ट्रिय जनगणना भएको थियो।

    खोटाङमा २९० जना गणकले ७० वटा प्रश्न सोध्दै जनगणना गरेको थियो। स्वभाविक रुपमा दश वर्षमा जनसंख्या बढ्ने आँकलन थियो। तर, सार्वजनिक भएको जनगणनाको तथ्यांकले २०६८ सालदेखि २०७८ सालमा आईपुग्दा खोटाङको जनसंख्या ३१ हजार १४ जना अर्थात १५.०३ प्रतिशत घटेको देखिन्छ।२०६८ सालमा खोटाङको कूल जनसंख्या दुई लाख ६३ हजार १२ जना थियो। २०७८ सालमा गरिएको जनगणनमा त्यो घटेर १ लाख ७५ हजार २९८ मा झरेको बुधबार दिक्तेलस्थित समिक्षालय हलमा जनगणना सार्वजनिक कार्यक्रममा जानकारी दिईएको छ।

    २०७८ को जनगणनाको कुल १ लाख ७५ हजार २९८ मध्ये पुरुष ८६ हजार ६३७ जना अर्थात ५०.५८ प्रतिशत र महिलाको जनसंख्या ८८ हजार ६६१ जना अर्थात ४९.४२ प्रतिशत रहेको छ। जनसंख्या घट्नुको कारण बसाईसराई, मृत्यु, विदेशमा रहनुलाई मुख्य कारण मानिएको खोटाङ, उदयपुर तथ्यांक अधिकृत शिव नारायण महतो बताउँछन् । बेरोजगारी, शिक्षा, स्वास्थ्यजस्ता इन्डिकेटर जनसंख्या घट्नुको नदेखिने मुख्य पक्ष मानिएको छ।


    २०७८ को कूल जनसंख्यामध्ये पुरुष अपाङ्गता ३.२ प्रतिशत र महिला अपाङ्गता २.५ प्रतिशत छ। तथ्यांक अनुसार ३८.९ प्रतिशत पुरुष र ३०.३ प्रतिशत महिला अविवाहित, ५७.८ प्रतिशत पुरुष र ६२.६ प्रतिशत महिला विवाहित छन्। २.७ प्रतिशत पुरुष विधुर र ६.२ प्रतिशत महिला विधवा छन्।


    जनगणना अनुसार जिल्लाको कूल साक्षरता दर ७५.९९ प्रतिशतमा पुरुष साक्षरता ८३.६ प्रतिशत हुँदा महिला साक्षरता ६८.६ प्रतिशत रहेको छ। जिल्लाको सबैभन्दा बढी साक्षरता साकेला गाउँपालिका ७९.३२ प्रतिशत र सबैभन्दा कम साक्षरता बराहपोखरी गाउँपालिका ७१.९१ प्रतिशत रहेको छ। २०६८ को जनगणनामा कूल साक्षरता ६५.९ प्रतिशतमा पुरुष साक्षरता ७५.१ प्रतिशत र महिला साक्षरता ५७.४ प्रतिशत थियो।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ८.३० प्रतिशत र हलेसी तुवाचुङ नगरपालिकामा ८.३१ प्रतिशतले जनसंख्या घट्दा सबैभन्दा बढी खोटेहाङ गाउँपालिका २५.०४ प्रतिशतले जनसंख्या घटेर गएको छ।

    कूल जसंख्यामा ५ वर्ष र सो भन्दा मूनिका ७१.७ प्रतिशत बालबालिकाको जन्मदर्ता हुँदा २८.३ प्रतिशत बालबालिकाको जन्मदर्ता भएको छैन । जनगणनाको नतिजा अनुसार खोटाङ जिल्लाभरी ५८ हजार ५४३ वटा घर संरचनामध्ये आवासका लागि प्रयोग भएका घर ६६.६ प्रतिशत र १५ प्रतिशत गोठ/धन्सार/मतान छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology