समायोजन खबर खोटाङ, खोटाङमा खेल्ने क्रममा घरको रेलिङबाट लडेर बालिकाको मृत्यु गएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित रत्नपार्कमा खेल्ने क्रममा घरको रेलिङबाट लडेर ५ वर्षीया बालिका रोशनी गुरुङको मृत्यु भएको हो।
साकेला गाउँपालिका–१ बाझेच्यानडाँडा घर भई दिक्तेल रत्नपार्कस्थित सिताराम खत्रीको घरमा भाडामा बस्दै आएका रबिन गुरुङको छोरी बिहीबार साँझ करीव ५ वजे घरको दोश्रो तलाको रेलिङबाट खसेकी थिईन्।
रेलिङबाट खस्दा बालिकाको निधार र मुखमा चोट लागेको थियो । लडेर बोल्न नसक्ने अवस्था पुगेकी बालिकालाई तत्कालै रत्नपार्ककै फेमेली केयर अस्पतालमा उपचारमा लगिएको थियो।
तर, उपचारको क्रममा साँझ अन्दाजी ६:३५ बजे बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ। बालिकाको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटि कानुनी प्रक्रिया पूरा गरी बालिकाको शबलाई पोष्टमार्टम गर्न जिल्ला अस्पताल पठाईएको डिएसपी मञ्जिल मुकारुङले बताए।
यसअघि पनि रबिन गुरुङकै कक्षा–४ मा अध्ययनरत नौ वर्षीया छोरी रोमी गुरुङको २०७९ साउन १३ गते खेल्ने क्रममा पासो लागेर मृत्यु भएको थियो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology