समायोजन खबर खोटाङ, १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रदेश स्तरीय छनोटमा खोटाङ करातेले तीन स्वर्ण प्राप्त गरेको छ।
गएको सोमबार र मंगलबार सुनसरीको इटहरीमा भएको प्रदेश स्तरीय छनोटमा कुमितेमा दुई स्वर्ण, एकलकातामा एक स्वर्ण र कुमितेमा एक कास्य पदक खोटाङले जितेको सितोरियो कराते संघ खोटाङका सचिव एवंव् प्रवक्ता मोतिचन्द्र राईले जानकारी दिए।
प्रवक्ता राईका अनुसार पुरुष कुमितेको ५२ केजी तौल समुहमा सुर्यचन्द्र राई, ४७ केजी तौल समुहमा दिपेश राई, पुरुष एकलकातामा सुर्यचन्द्र राई र महिला कुमिते अन्तर्गत ४५ केजी तौल समुहमा आयुष्मा राईले कास्य पदक जितेकी हुन्।
प्रदेश स्तरीय उत्कृष्ट खेलाडी खोटाङकै सुर्यचन्द्र राई भएका छन् । उनले ट्रफी र मेडल पाएका छन्। पुरुषतर्फ टिम प्रथम भए पनि विजेतालाई केही व्यवस्थापन नरहेको बुझिएको छ। पुरुषतर्फका चार पदकमध्ये खोटाङले मात्रै तीन पदक जितेर बाजी मारेको कराते महासंघका केन्द्रीय सदस्य सन्जय कुमार राईले बताए। जिल्लामा बजेट व्यवस्थापन र सहयोगमा खेलकुदलाई हेला गरिए पनि खेलाडीहरुले उत्कृष्ट नतिजा निकालेको राई बताउँछन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology