• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सडक ढलानको गुणस्तर परीक्षण गर्न नमुना संकलनमै अवरोध

सडक ढलानको गुणस्तर परीक्षण गर्न नमुना संकलनमै अवरोध


समायोजन खबर
  • सोमबार, चैत्र २० २०७९

  • नमुना संकलन गर्न पुगेका टोलीलाई अवरोध सिर्जना गर्दै स्थानीय।

    समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-८ दोर्पाचिउरीडाँडास्थित मध्यपहाडी लोकमार्गदेखि वडा कार्यालय पुग्ने सडकको पिसिसि ढलानको गुणस्तर परीक्षणका लागि नमुना संकलनमा अवरोध भएको छ।

    मध्यपहाडी लोकमार्ग–वडा कार्यालय सडक (५५० मिटर)को पिसिसि ढलानको काम गुणस्तहिन भएको गुनासो आएपछि गुणस्तर परिक्षणका लागि पठाइने नमूना संकलनका लागि पुगेका उपमेयर बिसन राई, हाइटेक ल्याव प्रालि, काठमाडौंको प्राविधिकको टोलीलाई उपभोक्ता समितिमा आवद्ध स्थानीय तथा कामदारले अवरोध गरेका हुन् । स्थिति तनावग्रस्त हुन नदिन जिल्ला प्रहरी कार्यालबाट सुरक्षाकर्मी परिचालन गरिएको थियो।

    सव–वेस नलगाइ ढलान गरिएको, ढलानको ‘थिकनेस’ निर्धारित १५ सेन्टिमिटरभन्दा कम गरिएको लगायतका गुनासो आएपछि नगरपालिकाले गुणस्तर परीक्षणका लागि ल्यावमा पठाउने नमूना संकलनका लागि हाइटेक ल्याव प्रालिलाई बोलाएको थियो।निर्माण उपभोक्ता समितिमा आवद्ध स्थानीयले गुणस्तर परिक्षण भन्दै पटक–पटक ढलान काटेर नमूना लगिएको तर निकास नदिएकाले अवरोध गरेको निर्माण उपभोक्ता समितिका अध्यक्ष जगत बानियाले बताए।
    उपभोक्ता समितिले ८६ लाख ८२ हजार २७६ रुपैयाँ (कन्टेन्जेन्सी कट्टा गरी)मा २०७८ असोज १८ गतेदेखि २०७८ चैत २० गतेसम्ममा सम्पन्न गर्नेगरी सडकको पिसिसि ढलानको सम्झौता गरेको थियो। तर सडकको पिसिसि ढलानको काम गुणस्तहिन भएको भन्दै नगरपालिकाले हाल सम्म भुक्तानी रोकेको छ । अनुगमनका क्रममा हिलोमाथि ढलान गरिएको देखिएकाले गुणस्तर परिक्षण नगरेसम्म भुक्तानीको बाटो नखुल्ने उपमेयर राईले बताए।

    गुणस्तर परिक्षणका लागि ढलान काटेर नमूना लिएर गएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिबास, महोत्तरीले सो सडक ढलानको विषयमा परेको उजुरीलाई तामेलीमा राखिसकेको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology