समायोजन खबर खोटाङ,समयमै स्वतन्त्र विधार्थी युनियन(स्ववियु) निर्वाचन गराउन विधार्थी संगठनहरुले माग गरेको छ। त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको स्ववियु निर्वाचन कार्यतालिका अनुुसार चैत ५ गते निर्वाचन गराउन क्याम्पस प्रशासन समक्ष माग गरेको हो।
आईतबार नेपाली कांग्रेस निकट नेविसंघ दिक्तेल बहुमुखी क्याम्पस इकाई सभापति सुमन आचार्य, एमाले निकट अनेरास्ववियु जिल्ला कमिटी सचिव विष्णु उपरकोटी, अखिल क्रान्तीकारी स्ववियु निर्वाचन परिचालन समिति सह संयोजक डार्विन राई र अनेरास्ववियु जिल्ला कमिटी सचिव रेश्जोन राईले विज्ञप्ति जारी गर्दै दिक्तेल बहुमुखी क्याम्पस लगायत अन्य क्याम्पसहरुमा विगत लामो समयदेखि हुन नसकिरहेको स्ववियु निर्वाचन त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको कार्यतालिकामै गराउन जोडदार माग गरेको छ।
देशैभरीका क्याम्पसहरुमा स्ववियु निर्वाचनको माहोल भईरहंदा जिल्लाको क्याम्पस प्रशासनले कुनै काम कारवाही अगाडी नबढाएकोमा दुःख व्यक्त गर्दछौ। तसर्थ, तोकिएकै समयमा निर्वाचन गराउनका लागि आवश्यक प्रक्रिया अघि बढाई विधार्थीहरुको हकहित र मुद्दा स्थापित गर्न स्ववियु निर्वाचन समयमै गराउन जोडदार माग गर्दछौ । विज्ञप्तिमा भनिएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology