समायोजन खबर खोटाङ, दश स्वर्ण पदकका लागि खोटाङको जन्तेढुंगा गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। गाउँपालिकाको वडा नम्बर ५ स्थित चिसापानीको चिसापानी माध्यमिक विद्यालयमा आइतबारबाट प्रतियोगिता सुरु भएको हो।
गाउँपालिका भित्रका ६ वटा माध्यमिक विद्यालय सहभागि प्रतियोगितामा छात्रछात्रा भलिबल, १०० र २०० मिटर दौड, हाई जम्प र लङ जम्प गरी ५ विद्यामा १० स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने गाउँपालिकाका शिक्षा शाखा संयोजक सुर्य बहादुर दाहालले जानकारी दिए।
दाहालका अनुसार राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालनका लागि संघीय सरकारको सशर्त बजेटबाट १ लाखमा गाउँपालिकाले ३ लाख थपेर जम्मा ४ लाख बजेटमा प्रतियोगिता आयोजना गरिएको हो।
प्रतियोगितामा सहभागि प्रत्येक विद्यालयलाई व्यवस्थापन खर्चका लागि जनही २०/२० हजार र प्रमाणपत्र गाउँपालिकाले उपलब्ध गराएको छ। बिजेता विद्यालयले शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन्।
तीन दिनसम्म सञ्चालन हुने कार्यक्रमको उदघाटन प्रदेशसभा सदस्य एवंम् नेपाली कांग्रेस प्रदेश एकका संसदीय दलका प्रमुख सचेतक भुपेन्द्र राईले गरेका थिए। कार्यक्रममा गाउँपालिका अध्यक्ष अरुणादेवि राई, उपाध्यक्ष खेम बहादुर खड्का, प्रमुख प्रशासकीय अधिकृत उमेश गिरी, सबै वडाका वडाध्यक्ष लगायतको उपस्थिति रहेको थियो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology