• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा दलहरुले हटाएनन् निर्वाचन सामाग्री, आचारसंहिता उल्लंघन

खोटाङमा दलहरुले हटाएनन् निर्वाचन सामाग्री, आचारसंहिता उल्लंघन


समायोजन खबर
  • सोमबार, माघ २३ २०७९

  • बुइपाको पञ्चरेदोबाटोमा विभिन्न दलले राखेको निर्वाचन प्रचारप्रसार सामाग्री।

    समायोजन खबर खोटाङ, खोटाङमा राजनीतिक दलहरुले निर्वाचन प्रचारप्रसारका क्रममा राखेका निर्वाचन सामाग्रीहरु अझै हटाएका छैनन्।
    गत मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रचारप्रसारका लागि राखिएको विभिन्न प्रचारप्रसारका सामाग्रीहरु नहटाएका हुन्।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाको पञ्चरेदोबाटोमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र तथा स्वतन्त्र उम्मेदवार धर्मराज पोखरेलले राखेको निर्वाचन प्रचारप्रसार सामाग्री अझै हटाईएको छैन। बुईपामा जस्तै अन्य बजारक्षेत्रहरुमा पनि निर्वाचन प्रचारप्रसारका सामाग्री हटाईएको छैन।
    निर्वाचन मत परिणाम सकिएको हप्ता दिनभित्र प्रचारप्रसारका सामाग्रीहरु अनिवार्य हटाउनुपर्ने निर्वाचन आचारसंहिता रहेको जिल्ला निर्वाचन अधिकारी राजेश गौतमले बताए। आचारसंहितामा आफैले निर्वाचन प्रचारप्रसार सामाग्री राख्ने र आफैले हटाउने भन्ने छ। तर, राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले अहिलेसम्म त्यस्ता सामाग्री नहटाउनु चाँहि आचारसंहिताको व्यापक उल्लंघन हो। गौतमले भने।

    बुईपाको पञ्चरेदोबाटोमा भएको निर्वाचन प्रचारप्रसार सामाग्रीहरु सम्बन्धित राजनीतिक दल तथा उम्मेद्वारलाई हटाउन लगाईने सहायक प्रमुख जिल्ला अधिकारी पवित्र प्रकाश साहले बताए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology