समायोजन खबर खोटाङ, प्रदेश सरकार प्रदेश नं. १ ले खोटाङको खोटेहाङ गाउँपालिकालाई दिएको दमकल थन्किएर बसेको छ। अत्यावश्यक सेवा केन्द्र सञ्चालन अन्तर्गत प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले दिएको एकवटा दमकलको ब्याट्री डाउन भएपछि थन्किएको हो।
२०७७ असोज २९ गते प्रदेश सरकारकातर्फबाट तत्कालिन मुख्यमन्त्री शेरधन राईले तत्कालिन गाउँपालिका अध्यक्ष प्रदीप राईलाई एकवटा प्रहरी पिकअप भ्यानसहित दमकल हस्तान्तरण गरेको थियो। भ्यानलाई इलाका प्रहरी चौकी खोटाङबजारले प्रयोग गरिरहेको छ।
ल्याएको केही महिनादेखि ब्याट्री डाउन भएको दमकललाई इलाका प्रहरी चौकी खोटाङबजारमा राखिएको छ। दमकल चलाउनका लागि ब्याट्री परिवर्तन गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष उदिम बहादुर राईले बताउनुभयो। दमकल भए पनि चलाउने ठाउँ नै छैन । बजारकै सडक साँघुरो छ। तै पनि ब्याट्री फेरेर दमकललाई चालू अवस्था राख्नेछौ।’ अध्यक्ष राईले भन्नुभयो।
सुख्खा तथा खडेरीको मौसम सुरु भएकाले दमकलको ब्याट्री फेरेर चालू राख्ने र चलाउने अपरेटर खोजी गरिने गाउँपालिकाका उपाध्यक्ष रुपेश राईले बताउनुभयो। सामान्य त गाउँपालिकाकै चालकहरु पनि चलाउनु हुन्छ। तर, दमकलको अनुभवी चालक पनि खोजी गर्नेर्छौ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology