• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा यात्रुबहाक बस दुर्घट्ना, सातजना घाईते

खोटाङमा यात्रुबहाक बस दुर्घट्ना, सातजना घाईते


समायोजन खबर
  • बुधबार, माघ ११ २०७९

  • महुरेमा दुर्घट्नाग्रस्त बस। तस्विर सौजन्य:सुरेश किरातीको फेसबुकबाट।

    समायोजन खबर खोटाङ, खोटाङमा यात्रुबहाक बस दुर्घट्ना हुँदा सात जना सामान्य घाईते भएका छन्। मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित महुरेगढी वहुप्राविधिक शिक्षालय नजिक पूर्वको काँकटभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको प्र १–०१–००१ ख ३५०८ नम्बरको रात्री बस दुर्घट्ना हुँदा उनीहरु सामान्य घाईते भएका हुन्।

    बुधबार बिहान अन्दाजी ८ बजेर १० मिनेटमा सडकको दायाँ साइडमा पल्टिदा बसका चालक झापा मेचिनगर नगरपालिका–७ का ३६ वर्षीय स्ट्रङ राई, मोरङको पथरी नगरपालिका–५ का २९ वर्षीय अमृत पाण्डे, सोही ठाउँका ३५ वर्षीया किशोर लिम्बु, खोटाङ हलेसि तुवाचुङ नगरपालिका– १० अर्खौलेका ४० वर्षीय नर बहादुर खत्री, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ चिउरीडाँडाका २५ वर्षीय कुबीर दाहाल, सोही स्थानका २५ वर्षीय सरोज विश्वकर्मा र २८ वर्षीय हिरानराज खतिवडा घाईते भएका छन्।

    घाईतेको स्वास्थ्य चौकी नुनथलामा सामान्य उपचार पश्चात जिल्ला अस्पताल दिक्तेल ल्याईएको छ । बसमा १९ जना सवार थिए। काँकडभिट्टाबाट विजुलेसम्म बसलाई स्ट्रङ राईले चलाएका थिए। त्यहाँबाट अर्को चालक झापा मेचिनगर नगरपालिका–६ का ४१ वर्षीय पेमा तामाङले बस चलाएका थिए। चालक तामाङले मादक पदार्थ सेवन गरी बस चलाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology