• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ज्येष्ठ नागरिकलाई न्यानो सिरक वितरण

दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ज्येष्ठ नागरिकलाई न्यानो सिरक वितरण


समायोजन खबर
  • सोमबार, माघ ९ २०७९

  • ज्येष्ठ नागरिकलाई सिरक हस्तान्तरण गर्नुहुंदै दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राई।

    समायोजन खबर खोटाङ, खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ज्येष्ठ नागरिकलाई फाइवरको सिरक वितरण गरेर सम्मान गरेको छ। गाउँपालिकाको लक्षित वर्ग कार्यक्रम अन्तर्गत विभिन्न वडाका ८३ वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई जाडोमा न्यानो सिरक दिएर सम्मान गरेको हो।

    सम्मान कार्यक्रम अन्तर्गत सोमबार दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा वडा कार्यालयमा कार्यक्रमको आयोजना गरेर २० जना ज्येष्ठ नागरिकलाई फाइवरको सिरक वितरण गरिएको वडा सचिव प्रकाशचन्द्र राईले जानकारी दिए। वडाको ५० हजार बजेटबाट ज्येष्ठ नागरिकलाई सिरक वितरण गरिएको हो।
    ज्येष्ठ नागरिकहरुलाई गाउँपालिका अध्यक्ष लोकेन्द्र राई, प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्र बहादुर राई, याम्खाका वडाध्यक्ष केशब कुमार खत्री लगायतले सिरक वितरण गर्नुभएको थियो। चिसो मौसममा न्यानो सिरक पाएपछि ज्येष्ठ नागरिकहरु खुशी भएका छन्। उनीहरुले वडा र गाउँपालिकालाई धन्यवाद दिएका छन्।

    गाउँपालिकाको लक्षित वर्गको कार्यक्रम अन्तर्गत समाजका अगुवा, पदप्रदर्शक ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको गाउँपालिका अध्यक्ष राईले बताउनुभयो। गाउँपालिकाले लक्षित वर्गका सबैलाई यसरी नै सम्मान गर्दै जाने उहाँले बताउनुभयो।

    यसअघि, यहि कार्यक्रम अन्तर्गत दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाडाँगाउँका ६७ जना र दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका ५० जना ज्येष्ठ नागरिकलाई फाइवरको सिरक दिएर सम्मान गरिएको थियो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology