समायोजन खबर खोटाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका नागरिकलाई वडामै सामाजिक सुरक्षा भत्तादेखि योजना सम्झौतासम्मका सेवा प्रदान गरिएको छ। नगरपालिका र वडाको संयुक्त पहलमा बिहीबार वडा कार्यालयमा एकिकृत सेवा प्रवाह कार्यक्रम राखेर भत्ता, योजान सम्झौता, स्वास्थ्य परीक्षण, परिचयपत्र जस्ता पाँच प्रकारको सेवा प्रदान गरिएको हो।
कार्यक्रममा ७ वटा वडागत योजना सम्झौता, १६१ जना ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ। अन्य समयमा लाभग्राहीहरु भत्ता लिन वडाबाट हलेसी पुग्नुपर्छ। आफ्नौ घर आँगनमा बिना झन्झट भत्ता थाप्न पाउँदा खुशी भएका छन्।
कार्यक्रममा ५६ जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण र औषधि वितरण गरिएको नगर स्वास्थ्य शाखा संयोजक प्रकाश घिमिरेले जानकारी दिए। ८ जनालाई अपाङगता परिचयपत्र वितरण गरिएको छ। कार्यक्रममा नगरपालिकाको ‘बालिका विकास बचत’ कार्यक्रम अन्तर्गत ६ जना बालिकाको खातामा जम्मा भई बैंकले दिएको भौचर आमाहरुलाई वितरण गरिएको छ।
भूगोल टाढा भएकाले यहाँका नागरिकको सहजता तथा समय र श्रोतको बचतका लागि एकिकृत सेवा प्रवाह गरिएको मेयर बिमला राईले बताउनुभयो। आवश्यकता अनुसार अन्य वडाहरुमा एकिकृत सेवा प्रवाह गर्ने योजना रहेको उहाँको भनाई छ। यसअघि, राजापानीमा एकिकृत सेवा प्रवाह सेवा सञ्चालन गरिएको थियो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology