समायोजन खबर खोटाङ, खोटाङमा यात्रुबहाक बस दुर्घट्ना हुँदा चारा जना घाईते भएका छन्। साकेला गाउँपालिका–४ मात्तिम मानेभन्ज्याङबाट दिक्तेलतर्फ आउँदै गरेको बा ३ ख १८९५ नम्बरको बस साकेला गाउँपालिका–५ मात्तिमबिर्ता कामीस्वारा बरमा आईतबार बिहान दुर्घट्ना हुँदा सह चालकसहित चार जना घाईते भएका हुन्।
घाईते हुनेमा साकेला गाउँपालिका–३ खिदिमाका २३ वर्षीय दीपेन्द्र तामाङ, खिदीमाकै ४५ वर्षीया कल्पना राई, ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीका २८ वर्षीया इन्दिरा पुरी र बसका सह–चालक शारदा नगरपालिका सल्यानका मिलन मगर छन्।
दुर्घट्ना भए लगत्तै साकेला गाउाँपलिका अध्यक्ष रविप्रकाश राई, उपाध्यक्ष र्बिसिका राई, प्रमुख प्रशासकीय अधिकृत महेश राई र वडाध्यक्ष जीवन खत्रीको टोली घट्नास्थलमा पुगी स्वास्थ्यकर्मी झिकाएर घाईतेहरुको प्राथमिक उपचार गरी गाउँपालिकाको एम्बुलेन्समार्फत जिल्ला अस्पताल उपचारमा पठाईएको छ।
सामान्य घाईते भएका चारजनाको जिल्ला अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ। ब्रेक फेल भएका कारण गाडी सडकमै पल्टिएको थियो। बसमा चालकसहित ५ जना सवार थिए।
सडकमा पल्टिएको बसलाई जेसिभी लगाएर साइड लगाई यातायात सञ्चालनमा ल्याईएको मात्तिमबिर्ताका वडाध्यक्ष खत्रीले बताए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology