समायोजन खबर खोटाङ, प्रदेशसभा सदस्य निर्वाचनको मत परिणाम अनुसार खोटाङको प्रदेशसभा ‘ख’ मा नेपाली कांग्रेसका भुपेन्द्र राईले लगातार मतान्तर बढाएका छन्। गठबन्धनका उम्मेदवार राईले निकटतम प्रतिद्धन्दी एमालेका उम्मेदवार राम प्रसाद दंगाललाई ५३३ मतले पछि छोडेका छन्।
मंसिर ४ गते सम्पन्न निर्वाचन अन्तर्गत मंगलबार मुख्य निर्वाचन अधिकृत(जिल्ला अदालत)को कार्यालयमा ७ हजार ८७ मतगणना हुँदा गठबन्धनका उम्मेदवार राईले ३ हजार ६१९ मत पाउँदा एमालेका उम्मेदवार दंगाल ३ हजार ८६ मतमा खुम्चेका छन्। १५९ मत बदर भएको छ।
यस्तै, जनता समाजवादी पार्टीका उम्मेदवार प्रेमकुमार राईले ९९, मंगोल नेशनल अर्गनाइजेसन पार्टीका उम्मेदवार विमला राईले १०, नेपाल मजदुर किसान पार्टीका उम्मेदवार ध्यान प्रसाद ढकालले ८, खम्बुवान राष्ट्रिय मोर्चा नेपालका उम्मेदवार सुवास राईले १०६ मत पाएका छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology