• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा एक मतदान केन्द्रको जिम्मा महिलालाई

खोटाङमा एक मतदान केन्द्रको जिम्मा महिलालाई


समायोजन खबर
  • शनिबार, मंसिर ३ २०७९

  • दिक्तेलस्थित समावि मतदानस्थलमा काम गर्दै महिला कर्मचारीहरु।

    समायोजन खबर खोटाङ, भोली हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि खोटाङको एक मतदान केन्द्रमा महिला कर्मचारीहरु मात्रै खटिएका छन् । मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, सहयोगी सबै महिला रहेका हुन्।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित सरस्वती माध्यमिक विद्यालय ‘ख’ मतदान केन्द्रको मतदान अधिकृत सर्मिला राई, सहायक मतदान अधिकृत इरन राई, सहायक कर्मचारी अरुणा बानियाँ, कल्पना पोखरेल, देवि राई, सविता ढकाल, सिता यादव र सहयोगी कर्मचारी सरस्वती दाहाल गरेर सबै कर्मचारी महिला खटिनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

    यस्तै, जिल्लाका १५ मतदानस्थलका मतदान अधिकृत महिला रहेको सहायक निर्वाचन अधिकृत रामाकान्त यादवले बताउनुभयो।

    खोटाङमा निर्वाचनका लागि १५ सय ५८ कर्मचारी र करीब १८ सय सुरक्षाकर्मी मतदान स्थलमा खटिएका छन् । जिल्लामा १३६ मतदान स्थल, १९४ मतदान केन्द्र र दुई वटा अस्थायी मतदान केन्द्र छन्। निर्वाचनमा एक लाख ४२ हजार ७९२ मतदाताले मताधिकार उपयोग गर्नेछन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology