समायोजन खबर खोटाङ, जिल्ला निर्वाचन कार्यालयले जिल्लाको पाँच स्थानीय तहमा नमुना मतदान गराएको छ। मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरेर नमुना मतदान गराएको हो।
वराहपोखरी गाउँपालिका, जन्तेढुंगा गाउँपालिका, खोटेहाङ गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका र साकेला गाउँपालिकामा नमुना मतदान गराईएको जिल्ला निर्वाचन अधिकारी राजेश गौतमले जानकारी दिए।
मत बदर नहोस भन्न, निर्वाचनका प्राविधिक समस्याहरु पहिचान गर्न, चार वटा मतपेटिका हुने र चारवटा मतपत्र हुने जानकारी गराउनका लागि नमुना मतदान गराईएको गौतमले बताए। उनका अनुसार अन्य पाँच स्थानीय तहमा पनि नमुना मतदान गराउने योजना रहेको छ।
निर्वाचनका लागि जिल्लामा १३६ मतदान स्थल, १९४ मतदान केन्द्र रहनेछन्। ७४ हजार ९२६ पुरुष र ६७ हजार ८६५ जना महिला गरी कूल १ लाख ४२ हजार ७९१ जनाले मताधिकार प्रयोग गर्नेछन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology