• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कोरोना कालमा भुपेन्द्र राईले बचाएका थिए १८ संक्रमितको ज्यान

कोरोना कालमा भुपेन्द्र राईले बचाएका थिए १८ संक्रमितको ज्यान


समायोजन खबर
  • बिहिबार, कार्तिक २४ २०७९

  • कोरोना संक्रमित बोक्दै भुपेन्द्र राई

    समायोजन खबर खोटाङ, तत्कालिन दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष तथा हाल प्रदेशसभा सदस्यका उम्मेदवार भुपेन्द्र राईले कोरोनाको दोश्रो लहरले गाँज्दा १८ संक्रमितको ज्यान बचाएका थिए।

    कोरोना संक्रमित भई होम आईसोलेसनमा बस्ने क्रममा स्वासप्रस्वासमा गम्भीर समस्या देखिएर ढलेका बिरामीहरुलाई आफूले प्रयोग गर्ने गाउँपालिकाको गाडीमा राखी आँफै गाडी हाँकेर तथा पिठ्युमै बोकेर समयमै अस्पताल पु¥याएर ज्यान बचाएका थिए।

    अन्य गाउँपालिका अध्यक्ष तथा मेयर फोनवाट संक्रमितको उद्धार गर्न भनेर निर्देशन गरिरहंदा राई पीपीई सेट पहिरीएर संक्रमितको घर–घरमा पुग्थे, स्वास्थ्य स्थिति बुझ्ने काममा व्यस्त भए।

    कोरोना संक्रमित बोक्दै भुपेन्द्र राई।

    कोरोना महामारीमा जनताको लागि मरिमेटेका राईको कामले सिङ्गो नेपालको ध्यान खिचेको थियो। राईलाई स्थानीय र मूलधारका मिडियाले सबैभन्दा बढी स्पेस दिएका थिए।

    महामारीमा राईले यतिसम्म गरे कि कोरोना संक्रमित विरामीको घरसम्म आफैले गाडी हाँकेर लगे अनि घरसम्म गाडी नजाने स्थानका कोरोना विरामीलाई पीपीई सेट लगाएर पिठ्युँमै बोकेर गाडीमा ल्याई अस्थाई कोरोना अस्पताल पु¥र्याए।कोरोना संक्रमितलाई बोकेर अस्पतालतर्फ लैजादै तत्कालिन दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष भुपेन्द्र राई।

    त्यस कामका कारण राईले सर्वत्र चर्चा बटुलेका थिए। राईले पिठ्युँमा कोरोना संक्रमित बोकेको फोटो राखेर ‘जनप्रतिनिधि हुन त यस्तो पो’ भनेर अधिकांश नेपालीले सामाजिक सञ्जालमा उनीप्रति सम्मान प्रकट गरेका थिए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology