• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

होलेसुङ–जनकराज गोल्डकपको उपाधि ‘ओम शिवशक्ति युवा समाज हलेसीलाई’

होलेसुङ–जनकराज गोल्डकपको उपाधि ‘ओम शिवशक्ति युवा समाज हलेसीलाई’

हलेसी तुवाचुङ स्पोर्टस क्लव दोस्रोमा चित्त बुझाए


चिसाङ शेर्पा
  • शुक्रबार, असोज २७ २०७४

  • चिसाङ शेर्पा असोज÷२७ खोटाङ,

    होलेसुङ – जनकराज राई मार्ग गोल्डकपको उपाधि ‘ओम शिवशक्ति युवा समाज हलेसी’ले आफ्ना पोल्टामा पारेका छन् । साकेला सिली फुटबल क्लब दुर्छिम खोटाङको आयोजनामा सञ्चालन भएको नगरपालिकाकै ठूलो धनराशीे गोल्डकपमा ओम शिवशक्ति युवा समाज हलेसीले हलेसी तुवाचुङ स्पोर्टस क्लवलाई ३ – ० गोल अन्तरले पराजित गर्दै गोल्डकपको उपाधी जितेको हो ।

     

    विहिवार समापन भएको खेलका प्रथम विजयी टिम ओम शिवशक्ति युवा समाज हलेसीले रनिङ कपका साथमा नगद ५० हजार, दितीय हलेसी तुवाचुङ स्पोर्टस क्लवले २५ हजार र प्रमाणपत्र प्राप्त गरेका छन् । हलेसी तुवाचुङ नगरपालिका पाँचस्थिगत कृष्णराम–मोतीप्रसाद राई रंगशालामा सञ्चालित गोल्डकपमा सेमिफाईनल खेलवाट वाहिरिएका साईनो युवा क्लव र सप्तेश्वर भुक्तो युवा क्लवले दश÷दश हजार नगद तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

     

    यस्तै, खेलका उत्कृष्ट गोल किपर ओम शिवशक्ति युवा समाज हलेसीका सुजन गुरुङ, सोही टिमका सर्वाधिक गोलकर्ता समिर खड्का, डिफेण्डर गोपाल लिम्बु साईनो युवा क्लव, मिड फिल्डर साईनो युवा क्लव सञ्जय तामाङ, स्ट्राईकर प्रवेश राई हलेसी तुवाचुङ स्पोर्टस क्लव, सोही टिमका छोटो समयका गोलकर्ता प्रवेश राई र ओम शिवशक्ति युवा समाज हलेसीका नरेश श्रेष्ठ उत्कृष्ट कोच ठहरिएका रहेका थिए । सवै उत्कृष्ठ खेलाडीहरुले ‘अमृता अदिलसेर राई मुइमा लाम वेष्ट’ नामक वेस्ट अवार्डवाट जनही दुई÷दुई हजार, मेडल र प्रमाणपत्र पाएका छन् ।

     

    विजयी खेलाडीलाई वधाईका साथमा हलेसी तुवाचुङ नगरपालिकाका उप – प्रमुख विमला राई र सोही नगरपालिका पाँचका वडाध्यक्ष रमेश तिवारी र होलेसुङ – जनकराज राई मार्ग गोल्डकपका प्रायोजक जनकराज राईले विजयी टिम तथा उत्कृष्ट खेलाडीहरुलाई वधाईसहित पुरस्कार वितरण गरेका थिए ।
    गत असोज २० गतेवाट सुरु भएको खेलमा २१ टिमले सहभागिता जनाएका आयोजक साकेला शिली फुटवल क्लवका अध्यक्ष कमल चाम्लिङले जानकारी दिनभयो ।

     

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology