• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

शिक्षा सुधारको प्रतिबद्धता पूरा गर्न अघि बढ्यो दिरुमनपाका जनप्रतिनिधि

शिक्षा सुधारको प्रतिबद्धता पूरा गर्न अघि बढ्यो दिरुमनपाका जनप्रतिनिधि


समायोजन खबर
  • मंगलबार, कार्तिक १ २०७९

  • मेयर तीर्थराज भट्टराई प्रतिबद्धता पत्र सार्वजनिक गर्नुहुंदै।

    समायोजन खबर खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर र उपमेयरले दोश्रो स्थानीय चुनावमा नगरबासीसँग गरेको एउटा प्रतिबद्धता हो । ‘शिक्षामा परिवर्तन गरी विधार्थीहरुलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउने’।

    निर्वाचित भएपछि त्यही प्रतिबद्धता पूरा गराउन मेयर तीर्थराज भट्टराई र उपमेयर बिसन राईको टिम कम्मर कसेर लागे। पहिलो कार्यपालिकाको बैठकबाट शिक्षामा सुधार ल्याउनका लागि १३ सदस्यीय कार्यदल गठन गरे।

    शिक्षा सुधारका लागि उक्त कार्यदलले प्रतिवेदन पनि तयार पारे। प्रतिवेदनमा दिईएका सुझावका आधारमा २९ असोजदेखि १ कार्तिकसम्म नगरपालिकाका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्षका लागि चार दिनमा सिफ्ट मिलाई १/१ दिन नगरको सभाहलमा विद्यालय सुधारसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन ग¥र्यो।
    सामुदायिक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्षलाई विद्यालय शिक्षा क्षेत्रमा लामो अनुभव लिएका शिक्षा सुधार अभियन्ता डा.तोयानाथ खनाल र माधवप्रसाद अधिकारी(ए) तथा शैक्षिक उत्प्रेरक माधवप्रसाद अधिकारी(बि)ले विद्यालय शिक्षा सुधारका विषयमा सहजीकरण गर्नुभएको थियो।

    पहिलो दिन २१ वटा मावि, १४ वटा निमाविका प्रअ र १५ वडाकै वडाध्यक्ष, दोश्रो दिन आधारभूत विद्यालय (१–५)का ५८ वटा प्राविका प्रअ, तेश्रो दिन मावि र निमाविका ३५ जना विव्यास अध्यक्ष र चौथो दिन(आज) आधारभुत विद्यालय (१–५) का ५८ जना विव्यास अध्यक्षसँग अभिमुखीकरण कार्यक्रम गरिएको थियो।

    मावि, निमावि, आविका प्रअ, विव्यास अध्यक्ष तथा १५ वडाका वडाध्यक्षलाई शिक्षा सुधार अभियन्ता खनालले शिक्षक, अभिभावक र विधार्थीको भूमिका, कर्तव्य बोध एवंम् आईपर्ने चुनौती र समाधानका उपाय तथा शिक्षा सुधार अर्का अभियन्ता अधिकारी(ए)ले विज्ञान सास्वत सत्य हो त्यो भनेको अनुमान होइन गरेर देखाउने शिक्षा, प्रत्यक्ष देखाउने र अध्ययन गर्ने प्रविधि, उच्च मनोबल र सृजनात्मक भावनाको विकास, जहाँ विज्ञान त्यहाँ विकास, जहाँ विकास त्यहाँ संमृद्धि भन्ने भाव जागृत गराउने लगायतका विषय प्रस्तुती गरेका थिए।

    चार दिने अभिमुखीकरण कार्यक्रम पश्चात मावि, निमावि, आविका प्रअहरुबाट १७ प्रकारका र विव्यास अध्यक्षहरुबाट १५ किसिमका शिक्षा सुधारका काम गर्ने नगरसँग प्रतिबद्धता भएको मेयर तथा शिक्षा समिति अध्यक्ष भट्टराईले बताए। मावि, निमावि, आविका प्रअहरुले वार्षिक कार्ययोजना र शैक्षणिक योजनाको निर्माण/कार्यन्वयन गर्ने, नगरको शिक्षा नियमावली २०७६ को नियम ५४ मा तोकिएका प्रअका काम, कर्तव्य र अधिकारको कार्यान्वयनमा सक्रियतापूर्वक लाग्ने प्रतिबद्धता गरेका छन्।
    ठिक १० बजेदेखि ४ बजेसम्म दैनिक विद्यालय सञ्चालन र तोकिएको समयसीमाभित्र नियमित पठनपाठन, शिक्षकको अनुपस्थिति भएको समय र शिक्षकको अभाव भएका विद्यालयमा कक्षाका क्षमतावान विधार्थीलाई बैकल्पिक शिक्षकका रुपमा शिक्षणको अवसर दिने, अनुपस्थित विधार्थीका अभिभावकसँग कक्षा शिक्षकबाट सम्पर्क र विद्यालय समुदाय सम्बन्ध सुधार, विद्याल परिसरको नियमित सरसफाई र पुष्प बाटिका निर्माण, जरुरी काम बाहेक विद्यालयमा शिक्षकको नियमित उपस्थितिमा सुनिश्चितता, विद्यालय स्थापनाका दिन अभिभावकहरुको सहभागितामा छात्रवृत्ति वितरण, परीक्षाको नतिजा विश्लेषण गरी सोको निचोड अभिभावक समक्ष पेश लगायतका १७ बुंदे प्रतिबद्धता भएको छ।

    मावि, निमावि, आविका विव्यास अध्यक्षसँग नगरको शिक्षा नियमावलीको नियम २८ मा उल्लेख भएका काम, कर्तव्य र अधिकारको कार्यान्वयन गर्ने, बालबालिकाहरु विद्यालय आउनेजाने बाटो मर्मत गर्ने, शौचालयको मर्मतसम्भार र सरसफाई गर्ने, शुद्ध पिउने पानीको प्रवन्ध गर्ने, भौतिक पूर्वाधारको मर्मतसम्भार, शिक्षक र विधार्थीको उपस्थितिका लागि सहजीकरण, विद्यालयमा नियमित पठनपाठनको सुनिश्चितता गर्ने प्रतिबद्धता गरिएको छ।विव्यास पदाधिकारी आलोपालो गरी विद्यालयमा नियमित उपस्थित हुने, फूलबारी र करेसाबारी निर्माणमा सहजीकरण गर्ने, विद्यालय परिसर र कक्षाकोठाको सरसफाई, विधार्थी, शिक्षक र अभिभावक प्रोत्साहन कार्यक्रम, स्थानीय स्तरमा श्रोतको पहिचान, संकलन र उपयोगमा बृद्धि गर्ने प्रतिबद्धता भएको मेयर भट्टराईले बताए। नगरपालिका र प्रअ तथा विव्यास अध्यक्षसँग भएको प्रतिबद्धता पूरा गर्नमा कुनै कसर नराख्न मेयर भट्टराईले सम्बद्ध पक्षहरुलाई निर्देशन दिएका छन्।

    नगरपालिका र प्रअ तथा विव्यास अध्यक्षसँगको प्रतिबद्धता सार्वजनिक कार्यक्रममा मेयर भट्टराई, उपमेयर बिसन राई, प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेडाई, प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेल, जालपाका वडाध्यक्ष तथा सामाजिक विकास समिति अध्यक्ष दानबहादुर राई, दिक्तेलका वडाध्यक्ष नवराज राई, लफ्याङका वडाध्यक्ष दिनेश घिमिरे लगायतको उपस्थिति थियो।
    हेर्नुहोस प्रतिबद्धता पत्र।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology