समायोजन खबर खोटाङ, प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि आज मनोनयन दर्ता हुने भएको छ। ४ मंसिरमा हुने निर्वाचनका लागि आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको हो।
मनोनयन दर्ताका लागि उम्मेदवार, उम्मेदवारका समर्थक र प्रस्तावकसहित २५ जना मात्र मुख्य निर्वाचन कार्यालयमा आउन निर्वाचन अयोगले दलहरुलाई आग्रह गरेको छ।
यसैविच, खोटाङमा पनि मनोनयन दर्ताका लागी दलहरु तयारीमा बसेका छन्। शनिवार बसेको सर्वदलीय बैठक अनुसार जसपाले मध्यान्ह १२ वजे उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ।
एमालले १ वजे, राप्रपाले २ वजे र गठबन्धन दलले अपरान्ह ३ वजे उम्मेदवारी दर्ता गर्दैछ। जिल्लामा निर्वाचनका लागि १३६ वटा मतदानस्थल, १९४ वटा मतदान केन्द्र र ३ वटा अस्थाई मतदान केन्द्र हुनेछ। जिल्लाभर १ लाख ४२ हजार ९५२ जना मतदाता रहेको छ।
उम्मेदवारी दर्ता गर्न के–के चाहिन्छ ?
प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गर्न उम्मेदवारको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि, मतदाता नामावलीमा नाम समावेश भएको निस्सा, प्रस्तावक र समर्थकको मतदाता परिचयपत्रको प्रतिलिपि वा मतदाता नामावालीमा नाम रहेको निस्सा, दलको उम्मेदवारको हकमा दफा १९ बमोजिमको औपचारिक पत्र(प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची–७बमोजिम)
यस्तै, धरौटी जम्मा गरेको नगदी रसिद वा बैंक भौचर, स्वघोषणा(प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची–६बमोजिम), उम्मेदवारको सम्पत्ति विवरणको सिलबन्दी खाम(प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची–९बमोजिम), उम्मेदवारको वैयक्तिक विवरण फारम( प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची–१० बमोजिम) र फोटो ४ प्रति ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology