समायोजन खबर खोटाङ, जिल्ला प्रशासन कार्यालय खोटाङले हातहतियार बुझाउन सम्बन्धित धनीहरुलाई आग्रह गरेको छ। प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै ईजाजत प्राप्त हातहतियारहरु प्रहरी कार्यालयमा बुझाउन प्रशासनले आग्रह गरेको हो।
ईजाजत प्राप्त हातहतियार कार्तिक ५ गतेभित्र नजिकैको प्रहरी कार्यालयमा लगत राखी पछि फिर्ता लैजाने गरी बुझाउन अनुरोध गरिएको प्रशासनले जारी गरेको सुचनामा उल्लेख छ।
प्रहरीमा बुझाईएका हातहतियारहरु निर्वाचन सम्पन्न भएको हप्ता दिनपछि लगत कट्टा गरी लैजान पाईने छ। प्रहरी ईकाईहरुलाई पनि हातहतियार संकलन गरी निर्वाचन सम्पन्न भएको एक हप्तापछि लगत कट्टा गरी फिर्ता गरिदिन प्रशासनले निर्देशन दिएको छ।
४ मंसिरमा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन हुंदैछ। सोही निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्नका लागि प्रशासनले सूचना जारी गरेर हातहतियार बुझाउन आग्रह गरेको हो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology