समायोजन खबर खोटाङ, स्वर्गीय शुभशेर राईको परिवारले ‘शुभशेर राई स्मृति प्रतिष्ठान’लाई आर्थिक सहयोग गरेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा छिप्ती बेशीटोलमा जन्मिएर ४३ वर्ष शिक्षा क्षेत्रमा जीवन व्यतित गरेर स्वर्गीय हुनुभएका राईको सम्झनामा स्थापना गरिएको प्रतिष्ठानलाई परिवारले आर्थिक सहयोग गरेका हुन्।
स्वर्गीय राईको प्रथम वार्षिक पुन्यतिथिको अवसरमा आईतबार जिल्ला समन्वय समितिको पूरानो हलमा आयोजित प्रथम स्मृति दिवसमा उनका १९ जना आफन्तबाट संकलन गरिएको १६ लाख ९० हजार ११ रुपैयाँको चेक स्वर्गीय राईका श्रीमती जम्मासरी राई र जेठा छोरा देबविक्रम राईले प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष कुमार पराजुलीलाई हस्तान्तरण गर्नुभएको छ।
साथै परिवारका १९ जना सदस्यले कोष अभिबृद्धि योजना अन्तर्गत कमाईको ०.५ प्रतिशत रकम प्रतिष्ठानकै कोषमा जम्मा गर्ने स्वघोषणा गर्दै घोषणा पत्रमा हस्ताक्षर गरेका छन्। २००७ सालमा जन्मिएर शिक्षण पेशामा लागेका राईको २०७८ भाद्र ५ गते निधन भएको थियो। उहाँ राष्ट्रिय शिक्षक संगठनका पूर्व अध्यक्ष समेत हुनुभएको थियो।
प्रतिष्ठानलाई प्राप्त भएको रकम मध्येमा ११ लाख ११ हजार १११ रुपैयाँको अक्षय कोष खडा गरिने र बाँकी रकम प्रतिष्ठानको आवश्यकता अनुसार खर्च गरिने अध्यक्ष राईले बताउनुभयो। अक्षय कोषबाट खासगरी शिक्षा क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिने छ। राई भन्नुभयो।
उत्कृष्ट शिक्षकको पुरस्कार ग्रहण गर्नुहुंदै शिक्षक प्रेमकुमार थापा।
३० साउनमा जिल्ला प्रशासन कार्यालयमा प्रचलित कानुन बमोजिम दर्ता भएको प्रतिष्ठानको अध्यक्षमा स्वर्गीय राईका जेठा छोरा, वरीष्ठ उपाध्यक्षमा कुमार पराजुली, उपाध्यक्षमा खगेन्द्र राई, महासचिवमा लक्ष्मीप्रसाद खनाल, सचिवमा नुरकाजी सैजु र कोषाध्यक्षमा सन्तोष राई छन्। अन्य ५ जना सस्दय छन्।
स्मृति दिवसकै अवसरमा शिक्षासँग सम्बन्धित जिल्लाभरका उत्कृष्ट पाँच व्यक्तिलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । शुभशेर राई खोटाङ जिल्ला शिक्षक नेतृत्व सम्मान शिक्षक मेघनाथ घिमिरे र मनकाजी राईले पाउँदा, शुभशेर राई खोटाङ जिल्ला उत्कृष्ठ विव्यास सम्मान ज्योति मावि जालपाका विधालय व्यवस्थापन समिति अध्यक्ष प्रतिमान राईले पाउनुभएको छ।
शुभशेर राई खोटाङ जिल्ला उत्कृष्ट प्रधानाध्यापकको सम्मान त्रिभुवन मावि ऐसेलुखर्कका प्रअ टेक बहादुर क्षेत्री, शुभशेर राई खोटाङ जिल्ला दीर्घ शिक्षक सेवा सम्मान पञ्च मावि दिक्तेलका शिक्षिका शारदादेबी गेलालले पाएकी छन्। सम्मानितहरुलाई दोसल्ला ओढाई सम्मान पत्र प्रदान गरिएको छ।
शुभशेर राई खोटाङ जिल्ला उत्कृष्ट शिक्षकको पुरस्कार सावाकाली मावि सावाकटहरेका शिक्षक प्रेमकुमार थापाले पाएका छन्। थापाले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ र प्रमाणपत्र पत्र पाएका छन्। सम्मान तथा पुरस्कार नेपाल राष्ट्रिय शिक्षक संगठनका महासचिव हंश बहादुर साही, एमाले अध्यक्ष रामप्रसाद दंगाल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, एमाले उपसचिव दिपनारायण रिजालले प्रदान गर्नुभएको थियो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology