• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा सुतिरहेको अवस्थामा पुरुष मृत फेला

खोटाङमा सुतिरहेको अवस्थामा पुरुष मृत फेला


समायोजन खबर
  • बिहिबार, साउन १९ २०७९

  • फाइल फोटो

    समायोजन खबर खोटाङ,खोटाङमा सुतिरहेको अवस्थामा एक पुरुष मृत फेला परेका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका २८ वर्षीय किशन हिङमाङ सुतिरहेको अवस्थामै मृत फेला परेका हुन्।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ रत्नपार्कस्थित रामकाजी खत्रीको ट्याक्टर चलाउँदै निज खत्रीकै घरमा बस्दै आएका हिङमाङ बिहीबार विहान आफ्नै कोठामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दिक्तेलका सूचना अधिकारी प्रहरी निरीक्षक शंकर प्रसाद चौधरीले जानकारी दिए।

    सुतिरहेको अवस्थामा मृत भेटिएको भनेर बिहान ७ बजे प्रहरीलाई खबर आएपछि घट्नास्थलमा प्रहरी पुगेको थियो। घट्नाको सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको र पोष्टमार्टमपछि मृत्युको कारण खुल्ने प्रहरी निरीक्षक रोमन अर्यालले बताए।

    यस्तै, ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरी वनगाउँका १३ वर्षीया किशोरी सिर्जना वन मृत फेला परेका छन्। वन सोमबार आफ्नै घरको कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology