• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

टाउकोमा कालोपट्टी बाँधेर राप्रपाको विरोध प्रदर्शन

टाउकोमा कालोपट्टी बाँधेर राप्रपाको विरोध प्रदर्शन


समायोजन खबर
  • बुधबार, साउन १८ २०७९

  • कोणसभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष ललितकुमार राई जीवन।

    समायोजन खबर खोटाङ, राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)खोटाङले टाउकोमा कालोपट्टी बाँधेर सदरमुकाम दिक्तेलबजारमा प्रदर्शन गरेको छ। विभिन्न २२ बुंदे मागहरु पूरा हुनुपर्ने माग राख्दै सरकार विरुद्ध प्रदर्शन गरेको हो।

    पार्टी कार्यालय पूरानो बैंक चोकबाट सुरु भएको विरोध प्रदर्शन रत्नपार्कको किरातचोकमा आएर कोणसभामा परिणत भएको थियो।
    प्रदर्शनका क्रममा दोहोरो कर प्रणाली खारेज गर, मह्ङगी भ्रष्टाचार नियन्त्रण गर, नागरिक विधेयक खारेज गर, राष्ट्रिय हित विपरीत सन्धी सम्झौता खारेज गर, हिन्दु राष्ट्र कायम गर, प्रत्यक्ष प्रणालीबाट प्रधानमन्त्रीको व्यवस्था गर लगायतको नारा लगाएका थिए।

    राप्रपाको विभिन्न भातृ संगठनले गरेको विरोध प्रदर्शनको कोणसभालाई राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनका संयोजक टिकाकुमारी खत्री, युवा संघका उपाध्यक्ष प्रकाश थापा, विधार्थी संगठनका प्रमुख विदेश राई र राप्रपा पार्टी अध्यक्ष ललित कुमार राई जीवनले सम्बोधन गरेका थिए।
    २४ असारमा जिल्ला प्रशासन कार्यालयमा धर्ना कार्यक्रम लिएर जाँदा प्रशासनले गेट बन्द गरेर रोक लगाएकोप्रति राप्रपाले आपत्ति जनाएको छ। प्रहरीलाई गेट बन्द गराउन आदेश दिने तत्कालिन प्रमुख जिल्ला अधिकारी विरुद्ध राप्रपा जोडदार लागि पर्ने अध्यक्ष राईले बताए। राप्रपाको माग सरकारले जसरी पनि पूरा गर्नैपर्ने अन्यथा अझ सडक तताउने उनको भनाई छ।

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology