• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

जयरामघाटमा अस्थाई प्रहरी पोष्ट स्थापना

जयरामघाटमा अस्थाई प्रहरी पोष्ट स्थापना


समायोजन खबर
  • बुधबार, असार २९ २०७९

  • समायोजन खबर खोटाङ, खोटाङको प्रवेशद्धार जयरामघाटमा अस्थाई प्रहरी पोष्ट स्थापना गरिएको छ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित स्थानीय सुमित्रा राईको घरमा अस्थाई प्रहरी पोष्ट स्थापना गरिएको हो ।
    अस्थाई प्रहरी पोष्टको बुधबार हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले उद्घाटन गर्नुभयो ।
    उद्घाटन कार्यक्रममा मेयर राई, उपमेयर रमेशकुमार राउत, निमित्त प्रमुख जिल्ला अधिकारी पवित्र प्रकाश शाह, हलेसी तुवाचुङ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रविकिरण आचार्य, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्साल, सशस्त्र प्रहरीका डिएसपी सरोज कार्की, नेपाली सेनाका गणपती लगायतको उपस्थिति थियो ।
    अन्यत्र जिल्लामा अपराध गरेर जयरामघाट नाका हुंदै यस जिल्लामा भित्रिने र यस जिल्लामा अपराध गरी अन्यत्र जान सक्ने कारणले त्यस्ता गतिविधि हुन नदिन र त्यस्ता गतिविधिमा संलग्न व्यक्तिहरुलाई कानुनी दायरामा ल्याउनलाई अस्थाई प्रहरी पोष्ट खडा गरिएको प्रनाउ लम्सालले बताए ।
    उनका अनुसार हवल्दारको कमाण्डमा ५ जना प्रहरीले अस्थाई प्रहरी पोष्टबाट शान्ती सुरक्षा दिनेछन् ।
    उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर राईले जयरामघाटमा अस्थाई प्रहरी पोष्ट स्थापना हुनुले शान्ती सुरक्षाको दियो बलेको र त्यसमा तेल, सलेदो लगाउने काम जयरामघाटबासीको भएको बताईन् ।
    अस्थाई प्रहरी पोष्ट स्थापनाका लागि नगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा वजेट नै विनियोजन गरेको जानकारी दिंदै मेयर राईले प्रहरीसँग सहजीकरण गर्ने कुरामा निरन्तर लागि पर्ने बताईन् ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology