समायोजन खबर खोटाङ, खोटाङको खोटेहाङ गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि ५५ करोड ४३ लाख ९३ हजार १२० रुपैयाँ वजेट प्रस्तुत गरेको छ।
बुधबार भएको गाउँ सभामा गाउँपालिका उपाध्यक्ष रुपेश राईले वजेट प्रस्तुत गरेका हुन्।
राईका अनुसार चालूतर्फ १० करोड ६ लाख ५५ हजार ५६० रुपैयाँ, पूंजीगततर्फ ११ करोड ४६ लाख ३२ हजार ५६० रुपैयाँ वजेट प्रस्तुत गरिएको छ।
सशर्त अनुदानमा २८ करोड १ सय रुपैयाँ, बिशेष अनुदानमा २ करोड ५० लाख, समपूरक अनुदानमा १ करोड ७० लाख वजेट प्रस्तुत गरिएको छ।
गाउँपालिका अध्यक्ष उदिम बहादुर राईले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि उपाध्यक्ष राईले वजेट प्रस्तुत गरेका हुन्।
यस्तै, हलेसी तुवाचुङ नगरपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिकाले बिहीबार नगर/गाउँसभा गर्ने जनाएको छ। केपिलासगढी गाउँपालिकाले शनिबार गाउँसभा गर्ने गाउँपालिका अध्यक्ष समिर राईले बताउनुभयो।
अन्य स्थानीय तहहरुले शुक्रबार सभा गर्नेछ। खोटाङमा दुई नगरपालिका र आठ गाउँपालिका रहेको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology