समायोजन खबर खोटाङ, स्वास्थ्य कार्यालय खोटाङले तीन स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन्। स्वास्थ्य चौकी च्यास्मिटार, स्वास्थ्य चौकी वडहरे र स्वास्थ्य चौकी खाल्लेलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो।
शनिबार स्वास्थ्य चौकी खाल्ले र आईतबार स्वास्थ्य चौकी च्यास्मिटारलाई ग्रामिण आमा सुरक्षा कार्यक्रमका लागि २/२ लाखको स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन्। दुई स्वास्थ्य चौकीलाई सुरक्षित मातृत्व र परिवार नियोजनका लागि आवश्यक पर्ने १७ किसिमका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो।
यस्तै, बुधबार वडहरे स्वास्थ्य चौकीलाई १० लाख बराबरको ४२ किसिमका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ। स्वास्थ्य कार्यालय दिक्तेलका प्रमुख पुन्यप्रसाद सिग्देलले सम्बन्धित स्वास्थ्य चौकीका प्रमुखहरुलाई स्वास्थ्य सामग्री हस्तान्तण गरेका थिए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology