समायोजन खबर, आइतबार बिहान पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज आज बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । घटनास्थलबाट शव संकलन गरी काठमाडौं ल्याइँदै छ ।
शवहरु अनुहार चिनिने खालका छन् । शव काठमाडौं ल्याएपछि प्रक्रिया पूरा गरी आफन्तलाई जिम्मा लगाइने नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुले बताएका छन् ।
१९ यात्रु र चालक दलका ३ सदस्यसहित आइतबार बिहान ९ स्५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन एन एईटी जहाज सम्पर्कविहीन भएको थियो ।
खोजी गर्दै जाँदा आज बिहान थासाङ गाउँपालिका–२ सानुसरे डाँडाको १४ हजार ५०० फिट उचाइमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।
नाइन एन–एईटी कलसाइनको जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु सवार थिए । जहाज दुर्घटनामा धनुषाको मिथिला नगरपालिका–११ लोटाका एकै परिवारका सात सदस्य पनि परेका छन् ।
क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएको जहाजमा कोपाइलट उत्सव पोख्रेल र विमान परिचारिका किस्मी थापा थिइन् । दुर्घटनास्थलमा कोही पनि जीवित फेला परेका छैनन् ।
सम्पर्क विहीन भएको उक्त जहाज खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ३३ गुल्म मुस्ताङबाट सशस्त्र प्रहरी निरीक्षक मिन बहादुर केसीको कमाण्डमा २५ जनाको टोली सोमबार बिहान १०ः५५ बजे सो ठाउँमा पुगेर उद्धार कार्यमा जुटेको थियो । उद्धारकार्यमा नेपाली सेनाका टोली पनि संलग्न थियो ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology