समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाको वडाध्यक्षमा माधब राई नै दोहोरिएका छन्।
२०७४ सालको स्थानीय तह सदस्य निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका राई गत बैशाख ३० गते भएको निर्वाचनबाट पुनः वडाध्यक्षमा विजयी भएका हुन्।
स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत सोमबार मध्यान्ह सम्पन्न वडाको अन्तिम मतगणना अनुसार राईले ६०१ मत ल्याएर विजयी हाँसिल गरेका हुन्। त्यहाँ वडामा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले गठबन्धन गरेको थियो।
राईको प्यानलमा महिला सदस्य लक्ष्मी राईले ६१९, दलित महिला सदस्य गिता नेपाली रोकाले ६३७, खुल्ला पुरुष वडा सदस्य लोकेन्द्र राईले ५४९ र चेतनाथ आचार्यले ५१६ मत प्राप्त गरेर विजयी भएका छन्।
यस्तै, वडाध्यक्षका प्रत्यासी एमालेका चित्र राईले ५४१, कांग्रेसका हरिभक्त राईले ११७ र राप्रपाका इन्द्रप्रसाद रिजालले ५७ मत ल्याएका छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology