• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

हामी निर्वाचित भएमा फित्ता काट्ने र भित्ता लेख्ने काम गर्दैनौ

हामी निर्वाचित भएमा फित्ता काट्ने र भित्ता लेख्ने काम गर्दैनौ


समायोजन खबर
  • शुक्रबार, बैशाख २३ २०७९

  • दिक्तेलको निर्वाचित मेयर तिर्थराज भट्टराई बाँया र उपमेयर बिसन राई दायाँ।

    समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गठबन्धन दलबाट प्रत्यासी मेयर र उपमेयरले फित्ता काट्ने, भित्ता लेख्ने, आहाललाई पोखरी बनाउने र डाँडामा टावर बनाउने काम नगर्ने प्रतिबद्धता जनाएका छन्।

    आफूहरुले चुनाव जितेमा नगरपालिकाको लगानी र स्वामित्वमा रहने भवन तथा अन्य भौतिक संरचनाहरुमा भित्ता लेख्ने(शिलालेख राख्ने) र उद्घाटनका बहानामा फित्ता(रिवन)काट्ने काम नहुने बताएका हुन्।

    गठबन्धन घटक दलले शुक्रबार नुनथलामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै गठबन्धनका तर्फबाट दिक्तेलको उपमेयरका प्रत्यासी बिसन राईले आफूहरुले अहिलेका जनप्रतिनिधिले जस्तो आहाललाई पोखरी बनाउने, अग्ला डाँडामा टावर बनाउने काम नगर्ने प्रतिबद्धता जनाए।

    हामी नगरबासीको खास आवश्यकता के हो त्यो पूरा गर्न लाग्छौ। अहिलेका जनप्रतिनिधिले जस्तो आहालमा पोखरी बनाएर, डाँडामा टावर बनाएर पैसा खर्च गर्दैनौ। राईले थपे, ‘अनुत्पादक क्षेत्रमा खर्च गर्दै गदैनौ।’ सामाजिक सुरक्षा भत्ता बैंकमा हैन, बैंकलाई घरघरमा जाने तथा नगभित्रका बिरामी स्वास्थ्य चौकीमा नभई स्वास्थ्यकर्मीलाई बिरामीको घरमा जाने वातावरण तयार गर्ने उपमेयरका प्रत्यासी राईको प्रतिबद्धता छ।

    निर्वाचितपछि मेयर कहाँ जनता आउदैन। मेयरका प्रत्यासी तिर्थराज भट्टराईले भने, निर्वाचितपछि अहिले चुनावमा भोट मागेजस्तै टोलटोलमा जान्छौ सवै जनता भेला गरेर छलफल गर्छौ, योजना तर्जुमा गर्छौ, जनताको सुख दुःख बुझ्छौ। जनतालाई सेवा र सुविधा दिन चाहान्छौ।

    अहिलेका जनप्रतिनिधिले ५ वर्षमा कुनै भित्ताहरु खाली राखेनन् शौचालयदेखि भएका सबै संरचनामा शिलालेख राख्न भ्याए, महाराज बन्न खोजे। भट्टराईले थपे, हामी शिलालेखमा हैन, जनताको मनमनमा शिलालेख बनेर बस्न चाहान्छौ।
    आफूहरु मेयर उपमेयरमा निर्वाचित भए १५ दिनमा सम्पुर्ण सम्पत्ती सार्वजनिक गर्ने र मेयर छोडेपछि पुनः एक हप्तामा सम्पत्ती सार्वजनिक गरिने भट्टराईले बताए।

    अहिले राजनीतिक दलका नेताहरुमाथि सबैले प्रश्न उठाउने गरेका छन् कि राजनीति भनेको कमाउने पेशा हो। राजनीतिमा लागेका मान्छेको उधोग, कलकारखाना छैन, व्यवसाय पनि छैन। तर, ऊ रातारात करोडपती बन्दछ के कारणले ? भट्टराईले प्रश्न गरे। के कारणले करोडपती बन्दैछ भन्दा घुस खाने, कमिशन लिने, ठेकदारसँग मिल्ने, अन्य विभिन्न व्यक्तिहरुसँग मिलेर दुई नम्बरी पैसा कमाउने जुन परीपाटी छ यसलाई परिवर्तन गर्नुपर्छ। त्यो हामी गर्छौ उनले भने।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology