• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा कोरोना संक्रमितको संख्या १ मा झर्‍यो

खोटाङमा कोरोना संक्रमितको संख्या १ मा झर्‍यो


समायोजन खबर
  • आइतबार, फाल्गुन २९ २०७८

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ,खोटाङमा कोरोना संक्रमितको संख्या १ मा झरेको छ। दैनिक रुपमा कोरोना संक्रमितको संख्या घट्दै, घट्दै गएको हो।

    संक्रमित एकजना होम आइसोलेसन रहेको स्वास्थ्य कार्यालय खोटाङका कोरोना फोकल पर्सन भिष्म पाण्डेले जानकारी दिए। पाण्डेका अनुसार आज १५ जनाको एन्टीजेन परीक्षण गर्दा संक्रमित शुन्य रहेको थियो। आज ६ जनाले कोरोना जितेका छन्।

    पहिलो, दोश्रो र तेश्रो लहरको कोरोना संक्रमित भई निको हुनेको संख्या ३ हजार ४४९ जना पुगेको छ। हालसम्म ३ हजार ४९३ जना संक्रमित भएका छन्। पहिलो र दोश्रो कोरोना लहरबाट जिल्लाभर १५ जनाको मृत्यु भएको छ।

    कोरोना विरुद्धको पहिलो मात्राको खोप १ लाख २१ हजार ४३० जनाले लगाएका छन भने, कोरोना विरुद्धको दुबै मात्राको खोप १ लाख ७ हजार ४२ जनाले लगाएका छन्। जिल्लाभर २३४ वटा बेड, भेन्टिलेटर १ वटा, एम्बुलेन्स ७ वटा, अक्सिजन सिलिण्डर २ सय वटा र अक्सिजन कन्सन्ट्रेटर ३७ वटा उपलब्ध रहेको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology