समायोजन खबर खोटाङ, खोटाङमा जीवन निर्वाह पद्धतीमा जलवायु परिवर्तनले खाद्य सुरक्षामा पार्न सक्ने जोखिमताको वारेमा विवरण संकलन गरिएको छ। जलवायु परिवर्तन र यसले खाद्य सुरक्षामा पार्न सक्ने असरहरुको पहिचान गर्दै पुनरुत्थानशिलता तथा जीविकोपार्जनका लागि विवरण संकलन गरिएको हो।
राष्ट्रिय योजना आयोगको नेतृत्वमा विश्व खाद्य कार्यक्रमले शुक्रबार जिल्ला समन्वय समितिको बैठकहलमा जिल्लाको दुई नगरपालिका र आठ गाउँपालिकाका प्रमुख तथा प्रतिनिधिबाट जलवायु परिवर्तन र यसले खाद्य सुरक्षामा पार्न सक्ने जोखिमताका बारेमा विभिन्न १५ कलस्टरमा विवरण संकलन गरेको छ।
जलवायु परिवर्तन हुँदा कुन–कुन जीवन निर्वाह पद्धतिका समुदाय बढि प्रभावित हुनेछन, कुन क्षेत्रको उत्थानशीलता कस्तो छ र ति क्षेत्रहरु कति जोखिममा छन् भनेर समस्याहरु पहिचान गर्ने र सोही अनुसार राष्ट्रिय योजना आयोगले योजना बनाउने विश्व खाद्य कार्यक्रम प्रदेश नं. १ संयोजक लक्ष्मी प्रसाद चौधरीले बताए।
विश्व खाद्य कार्यक्रमले जीवन निर्वाह पद्धतिका आधारमा छुट्याईएका क्षेत्रहरुको पहिचान, ति क्षेत्रका मानिसहरुको उत्थानशीलता, ति क्षेत्रहरुमा विगतमा भएका र भविष्यमा हुन सक्ने जलवायु परिवर्तनका असरहरु र खाद्य सुरक्षाको दृष्टिकोणले ती क्षेत्रहरुको जोखिमता सम्बन्धि विवरण संकलन गर्ने गरेको छ। प्रदेश नं. १ का आठ जिल्लामा विवरण संकलन गरिसकेको र छ जिल्लामा विवरण संकलन गर्न बाँकी रहेको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology