• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङबाट ३,८०९ जना विधार्थीले एसईई दिने, कुन परीक्षा केन्द्रमा कती विधार्थी ?

खोटाङबाट ३,८०९ जना विधार्थीले एसईई दिने, कुन परीक्षा केन्द्रमा कती विधार्थी ?


समायोजन खबर
  • बुधबार, फाल्गुन २५ २०७८

  • सांकेतिक तस्विर।

    समायोजन खबर खोटाङ,माध्यमिक शिक्षा परीक्षा(एसईई) मा खोटाङबाट तीन हजार ८०९ जना विधार्थी सहभागी हुने भएका छन्। एसईई आगामी बैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन हुनेछ।

    शिक्षा विकास तथा समन्वय इकाई खोटाङका इकाई प्रमुख सेमन्त गौतमका अनुसार नियमिततर्फ तीन हजार ६ सय ९२ जना र ग्रेड वृद्धितर्फ ८२ जना विधार्थीले एसईई परीक्षा दिनेछन्।

    एसईई परीक्षाका लागि जिल्लाभर २३ वटा परीक्षा केन्द्र तोकिएको छ। त्रिभुवन मावि ऐसेलुखर्क, पृथ्वी मावि बाक्सिला, देउराली मावि डुम्रेधारापानी, शारदा मावि खार्पा, विश्वज्योती मावि लामिडाँडा, जालपा मावि जालपा, लक्ष्मी मावि वडहरे, दुर्छिम मावि दुर्छिम, महेन्द्रोदय मावि हलेसी, चम्पावती मावि वुईपा, सरस्वती मावि अर्खौलेलाई परीक्षा केन्द्र तोकिएको छ।

    सरस्वती मावि दिक्तेल, दिक्तेल इग्लिस वोर्डिङ स्कुल, पञ्च मावि दिक्तेल, मनोकामना जनकल्याण मावि निर्मलीडाँडा, सरस्वती मावि मात्तिम, साकेला मावि रतन्छा, महेन्द्रोदय मावि ओख्रे, कृष्ण मावि टेम्मा, सिम्पानी मावि सिम्पानी, भगवती दिननाथ मावि खोटाङबजार, सिम्पानी मावि चिसापानी र वालकन्या मावि फाक्टाङलाई परीक्षा केन्द्र तोकिएको छ।
    कुन परीक्षा केन्द्रबाट कती विधार्थी ?
    त्रिभुवन मावि ऐसेलुखर्कबाट २३९ जना, पृथ्वी मावि बाक्सिलाबाट १९१, देउराली मावि डुम्रेधारापानीबाट १३७, शारदा मावि खार्पाबाट १३८, विश्वज्योती मावि लामिडाँडादेखि १०३, जालपा मावि जालपादेखि १२७, लक्ष्मी मावि वडहरेबाट १५३, दुर्छिम मावि दुर्छिमदेखि ८८, महेन्द्रोदय मावि हलेसीबाट १४०, चम्पावती मावि वुईपाबाट ११५, सरस्वती मावि अर्खौलेदेखि १११ जना विधार्थीले एसईई परीक्षा दिनेछन्।

    सरस्वती मावि दिक्तेलदेखि २९४ जना, दिक्तेल इग्लिस वोर्डिङ स्कुलदेखि १६९, पञ्च मावि दिक्तेलबाट २३१, मनोकामना जनकल्याण मावि निर्मलीडाँडाबाट १२५, सरस्वती मावि मात्तिमबाट ६७, साकेला मावि रतन्छाबाट ७३, महेन्द्रोदय मावि ओखेदेखि ३१४, कृष्ण मावि टेम्माबाट १७७, सिम्पानी मावि सिम्पानीबाट १७८, भगवती दिननाथ मावि खोटाङबजारदेखि २४३, सिम्पानी मावि चिसापानीबाट २०८ र वालकन्या मावि फाक्टाङबाट १९३ जनाले एसईई परीक्षा दिने शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology