• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

स्ववियु निर्वाचन ‘गर्नुपर्छ वा पर्दैन’ भन्दै अनेरास्ववियुले गरायो मत सर्वेक्षण

स्ववियु निर्वाचन ‘गर्नुपर्छ वा पर्दैन’ भन्दै अनेरास्ववियुले गरायो मत सर्वेक्षण


समायोजन खबर
  • सोमबार, फाल्गुन ९ २०७८

  • समायोजन खबर खोटाङ, अनेरास्ववियु जिल्ला कमिटी खोटाङले स्ववियु निर्वाचन सम्बन्धमा मत सर्वेक्षण गरेको छ। लामो समयदेखि रोकिएको स्वतन्त्र विधार्थी युनियनको निर्वाचन आवश्यक छ वा छैन भनेर दिक्तेल बहुमुखी क्याम्पस दिक्तेलमा अध्ययनरत विधार्थीहरुको मत सर्वेक्षण गरेको हो।

    सोमबार गरिएको मत सर्वेक्षणमा २७८ जना विधार्थीहरुले मतदान गरेका थिए। स्ववियु निर्वाचन आवश्यक ‘छ’ भन्नेमा २१८ जनाले मतदान गरेका थिए। स्ववियु निर्वाचन आवश्यक ‘छैन’ भन्नेमा ४७ जनाले मतदान गरेको अनेरास्ववियुका जिल्ला सचिव विष्णु उपरकोटीले जानकारी दिए। उपरकोटीका अनुसार १३ मत बदर भएको थियो।
    लामो समयदेखि नभएको स्ववियु निर्वाचन गराउनमा सम्बन्धीत नियकालाई दबाब पुगोस भन्ने उद्देश्यले स्ववियु निर्वाचन हुनुपर्छ या पर्दैन भनेर मत सर्वेक्षण गरिएको अनेरास्ववियु खोटाङका अध्यक्ष मोहन संग्राम पोखरेलले बताए।

    स्ववियु निर्वाचनको औचित्य र आवश्यकताका विषयमा छलफल गरिसकेपछि विधार्थीहरुले स्वतन्त्र विधार्थी युनियनको आवश्यकता महशुष गरेका छन् कि छैनन्। स्ववियु निर्वाचन नहुंदा विधार्थीहरुले क्याम्पसमा कती अफ्ठ्यारो खेपिरहेका छन्। अध्यक्ष पोखरेलले भने, ‘कति विधार्थीहरु स्ववियु निर्वाचन चाहान्छन् भन्ने कुराको तथ्यांक निकालेर त्रिभुवन विश्व विद्यालय र सम्बन्धीत निकायहरुमा पठाउँछौ। यसले स्ववियु निर्वाचन गर्नैपर्ने एकखाले दबाब दिनेछ।’

    मत सर्वेक्षणले विधार्थीहरुलाई मतदान शिक्षा मिलेको छ। विधार्थीहरुको साझा संस्था स्वतन्त्र विधार्थी युनियन क्याम्पसमा नहुंदा विभिन्न समस्याहरु झेल्दै आएको विधार्थीहरुले बताएका छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology