• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा एकैदिन २१ जना संक्रमणमुक्त

खोटाङमा एकैदिन २१ जना संक्रमणमुक्त


समायोजन खबर
  • बुधबार, माघ २६ २०७८

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ,खोटाङमा एकैदिन २१ जना संक्रमणमुक्त भएका छन्। बुधबार ३२ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जनामा संक्रमण देखिएको हो।

    जिल्लाभर १६६ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय खोटाङका कोरोना फोकल पर्सन भिष्म पाण्डेले जानकारी दिए। पाण्डेका अनुसार संक्रमितहरु होम आईसोलेसनमा छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

    पहिलो, दोश्रो र तेश्रो लहरको कोरोना संक्रमित भई निको हुनेको संख्या ३ हजार २३८ जना पुगेको छ। हालसम्म ३ हजार ४१८ जना संक्रमित भएका छन्। पहिलो र दोश्रो कोरोना लहरबाट जिल्लाभर १५ जनाको मृत्यु भएको छ।

    कोरोना विरुद्धको पहिलो मात्राको खोप १ लाख १६ हजार ६८९ जनाले लगाएका छन भने, कोरोना विरुद्धको दुबै मात्राको खोप ६७ हजार २९ जनाले लगाएका छन्। जिल्लाभर २३४ वटा बेड, भेन्टिलेटर १ वटा, एम्बुलेन्स ७ वटा, अक्सिजन सिलिण्डर २ सय वटा र अक्सिजन कन्सन्ट्रेटर ३७ वटा उपलब्ध रहेको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology