• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा भारी हिमपात, अत्याधिक चिसो बढ्यो

खोटाङमा भारी हिमपात, अत्याधिक चिसो बढ्यो


समायोजन खबर
  • शुक्रबार, माघ २१ २०७८

  • फाईल फोटो।

    समायोजन खबर खोटाङ, खोटाङमा वर्षासँगै भारी हिमपात भईरहेको छ। बिहीबार रातीदेखि लगातार हिमपात भईरहेको हो। शुक्रबार पनि लगातार हिमपात भईरहेको छ।

    जिल्लाको मुढेडाँडा, टोड्के, रुपाकोट, टेम्केडाँडा, ऐसेलुखर्क, बहानेपोखरी, देउराली, मैयुङडाँडा, रावाढाप, लौरी, वाप्लुखा मुलडाँडा लगायतका उच्च स्थानमा हिमपात भईरहेको त्यहाँका स्थानीयवासीहरुले बताएका छन्।

    हिमपात यो वर्षको दोश्रो हिमपात हो। गत १४ पुसमा वर्षासँगै सामान्य हिमपात भएको थियो।

    हिमपात भएपछि अत्याधिक चिसो बढेको छ। चिसाले खासगरी बृद्धबृद्धा, गर्भवती, बालबच्चालाई बढी असर गरेको छ। यद्यपी, हिमपात र वर्षा भएपछि किसानहरु भने खुशी भएका छन्।

    पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले केही दिनदेखि मौसम बद्ली भइहेको छ। आज बेलुकीसम्म नै पानी पर्ने र रोकिने क्रम चलिरहने र भोलिदेखि पश्चिमी क्षेत्रबाट मौसममा सुधार हुने मौसमविदको भनाइ छ। पर्सि आइतवारदेखि मात्रै मौसममा सुधार आउने छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology