• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङ : कोभिडका कारण दुई नगरपालिका र एक गाउँपालिकाको सेवा स्थगित

खोटाङ : कोभिडका कारण दुई नगरपालिका र एक गाउँपालिकाको सेवा स्थगित


समायोजन खबर
  • शनिबार, माघ १५ २०७८

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ,कोरोना भाईरसको संक्रमण धमाधम कर्मचारीहरुमा देखिन थालेपछि जिल्लाका विभिन्न नगरपालिका र गाउँपालिकाले अत्यावश्यक बाहेकका सेवाहरु बन्द गर्न थालेको छ। कार्यालयमा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि यहाँको दुई नगरपालिका र एक गाउँपालिकाले अत्यावश्यक बाहेकका अन्य सेवाहरु स्थगित गरेको हो।

    हलेसी तुवाचुङ नगरपालिकामा कार्यरत कर्मचारीलाई कोरोना भाईरसको संक्रमण देखिएपछि माघ १० गतेदेखि १५ गतेसम्म ६ दिनका लागि अत्यावश्यक सेवा बाहेकका अन्य नियमित सेवाहरु स्थगित गरिएको हलेसी तुवाचुङ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रविकिरण आचार्यले जानकारी दिनुभयो।

    नगरपालिकाले नगरबासीहरुलाई अनावश्यक भिडभाड नगर्न, सुरक्षाका मापदण्ड अपनाउन, अनिवार्य मास्क र सेनिटाइजर प्रयोग गर्न लगायत संक्रमणबाट बच्नका लागि आवश्यक स्वास्थ्य मापदण्ड पालना गरी संक्रमण नियन्त्रणमा सहयोग गरिदिन आग्रह गरेको छ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगर कार्यपालिका तथा मातहतका कार्यलयहरुमा कार्यरत कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि कोभिड १९ को रोकथाम तथा नियन्त्रण गर्न र थप फैलिन नदिनका लागि माघ १३ गतेदेखि माघ १९ गतेसम्मका लागि नगरपालिकाको अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएको नगरपालिकाले बुधबार सूचना जारी गरेर जानकारी दिएको छ।

    कोरोना भाईरसको तेश्रो लहरको प्रभाव रावाबेंशी गाउँपालिकाभित्र तथा कार्यालयका केही कर्मचारीहरुमा समेत देखापरेकाले रोगको रोकथाम तथा नियन्त्रण गर्न र फैलिन नदिन त्यहाँ पनि आन्तरिक प्रकृतिको सेवा र अत्यावश्यक सेवा बाहेकका अन्य सबै प्रकारका सेवाहरु बन्द गरिएको छ। माघ ११ गतेदेखि १७ गतेसम्मका लागि सेवाहरु बन्द गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनोद राईले जानकारी दिनुभयो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology