समायोजन खबर खोटाङ,खोटाङमा कोरोना संक्रमितको संख्या ११३ जना पुगेको छ। सोमबार ६७ जनाको एन्टीजेन परीक्षण गर्दा १९ जनामा संक्रमण पूष्टि भएसँगै संक्रमितको कूल संख्या ११३ पुगेको स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ।
आज कोही पनि कोरोना संक्रमणमुक्त भएनन्। संक्रमित सबैजना होम आइसोलेसनमा छन्। पहिलो, दोश्रो र तेश्रो लहरको कोरोना संक्रमित भई निको हुनेको संख्या ३ हजार ४४ जना पुगेको छ। हालसम्म ३ हजार १७५ जना संक्रमित भएका छन्। १५ जनाको कोरोनाबाट मृत्यु भएको छ।
कोरोना विरुद्धको पहिलो मात्राको खोप १ लाख १२ हजार ८ जनाले लगाएका छन भने, कोरोना विरुद्धको दुबै मात्राको खोप ६६ हजार ६१२ जनाले लगाएका छन्। जिल्लाभर २३४ वटा बेड, भेन्टिलेटर १ वटा, एम्बुलेन्स ७ वटा, अक्सिजन सिलिण्डर २ सय वटा र अक्सिजन कन्सन्ट्रेटर ३७ वटा उपलब्ध रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology