• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

साकेलामा भुक्तानी शिविर मार्फत ४६२ जनाले बुझे सामाजिक सुरक्षा भत्ता

साकेलामा भुक्तानी शिविर मार्फत ४६२ जनाले बुझे सामाजिक सुरक्षा भत्ता


समायोजन खबर
  • बुधबार, माघ ५ २०७८

  • समायोजन खबर खोटाङ, खोटाङको साकेला गाउँपालिकाले सबै प्रकारको सामाजिक सुरक्षा भत्ता लिने लाभग्राहीहरुलाई शिविर मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ। नेपाल एसबिआई बैंक साकेला शाखा र गाउँपालिकास्थित सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाको आयोजनामा पालिकाको सबै वडामा पुगेर भुक्तानी शिविर मार्फत भत्ता उपलब्ध गराएको हो।

    चालु आर्थिक वर्ष ०७८र०७९ को प्रथम त्रैमासिक किस्ता गत असोजमा वितरण गरेपछि पुन दोश्रो त्रैमासिक किस्ता पनि पालिकाको पाँच वटै वडा र वडा नम्बर १ को डाँडागाउँ गरी ६ वटा स्थानमा सामाजिक सुरक्षा भत्ता भुक्तानी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन मगरले जानकारी दिए। अशक्तताका कारण बैंकसम्म नियमित रुपमा उपस्थित हुन नसक्ने जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका लाभग्राहीहरुको सुविधाका लागि वडा वडामै भुक्तानी शिविर सञ्चालन गरिएको मगरको भनाई छ।

    गत पुस २८ गतेदेखि वडा नम्बर १ को बाँझेच्यानडाँडाबाट सञ्चालन सुरु गरिएको शिविर माघ ५ गते सम्म सञ्चालन भएको थियो। शिविरबाट ४ सय ६२ जना लाभग्राहीहरुले सेवा लिएका छन्। शिविर सञ्चालन भएपछि बैंकसम्म पुगेर भत्ता बुझ्दा लामो समय सम्म लाईन बस्नुपर्ने, बुढाबुढीहरुलाई हिड्दै जाँदा समस्या हुने लगायतका झण्झटबाट लाभग्राही मुक्त भएका छन्।
    साकेला गाउँपालिकाले गत आर्थिक वर्ष ०७७/०७८ को दोश्रो चौमासिकदेखि नेपाल एसबिआई बैंकको साकेला शाखा मार्फत सामाजिक सुरक्षा भत्ता रकम भुक्तानी गर्न सुरु गरेको थियो । साकेलामा यस चालु आवको दोश्रो त्रैमासिक किस्ता सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राही १ हजार २११ जना रहेका छन् भने उनिहरुको लागि जम्मा १ करोड १३ लाख ५६ हजार ९०७ रुपैया निकासा भएको थियो।

    त्यस्तै गाउँपालिकाकै महिला विकास शाखाको आयोजनामा गाउँपालिकाका ७० देखि ७५ वर्ष उमेर समूहका जेष्ठ नागरिक र अशक्त भएका व्यक्तिहरुलाई सहायता समाग्री लाठ्ठी वितरण गरिएको छ। गत पुस २८ गतेदेखि माघ ५ गतेसम्म पालिकाको पाँच वटै वडामा सञ्चालन गरिएको घुम्ती शिविर मार्फत ३५० जना व्यक्तिहरुलाई लाठ्ठी वितरण गरिएको छ।

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology