• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सुत्केरी व्यथाले गम्भीर महिलाको उद्धार, शिशुको ज्यान गयो

सुत्केरी व्यथाले गम्भीर महिलाको उद्धार, शिशुको ज्यान गयो


समायोजन खबर
  • शनिबार, पौस १७ २०७८

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, सुत्केरी व्यथाले गम्भीर बनेकी गर्भवती महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। यहाँको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका २६ वर्षीया भिमादेबी राईको शनिबार बिहान डिकुवाबाट उद्धार गरिएको हो।

    सुत्केरी व्यथाले गम्भीर बनेर स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हवाई सेवाबाट बिरामीको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

    उल्टोबाट(खुट्टा हुंदै) बच्चा जन्मिएपछि आमा र बच्चाको अवस्था गम्भीर बनेको थियो। उद्धारपछि प्रसुती गृह थापाथली काठमाण्डौमा शल्यक्रिया गरेर बच्चा निकालिए पनि बच्चा जीवित नरहेको भिमादेबीका श्रीमान प्रविन राईले बताए।

    सुत्केरी व्यथाले गम्भीर बनेका भिमादेबीको उद्धारका लागि विहान करीव ८ वजे सम्पूर्ण प्रक्रिया पूरा गरिएको भए पनि मौसम खराबका कारण काठमाण्डौबाट हेलिकोप्टर उड्नमा ३ घण्टा ढिलाई भएको थियो।

    गर्भवती आमा र बच्चा दुवैको ज्यान जोखिम भएमा स्थानीय स्वास्थ्य चौकी तथा जिल्ला अस्पतालको शिफारिसका आधारमा स्थानीय प्रशासनले हवाई उद्धारका लागि महिला वालवालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाई सिंहदरबारलाई हेलिकोप्टर व्यवस्थाका लागि आग्रह गर्दछ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology