समायोजन खबर खोटाङ, खोटाङको ऐेसेलुखर्क गाउँपालिकाले उत्कृष्ट ५१ जना कृषकलाई पुरस्कार प्रदान गरेको छ। ‘कृषि उब्जनीको बृद्धि कृषकको सान, व्यावसायिक कृषकलाई सम्मान हाम्रो अभियान’ नाराका साथ सम्पन्न कृषि मेला प्रदर्शनीमा उत्कृष्ट भएका कृषकहरुलाई नगद पुरस्कार दिईएको हो।
गाउँपालिकाको केन्द्र ऐसेलुखर्कको हटियाडाँडामा मंगलबार पालिका स्तरीय कृषि मेला प्रदर्शनी गरी विभिन्न १७ वटा विधामा प्रथम, दोश्रो, तेश्रो हुनेलाई क्रमशः जनही तीन हजार, दुई हजार र एक हजार पुरस्कार वितरण गरिएको कृषि तथा पशु सेवा शाखा प्रमुख प्रमोदकुमार राजभण्डारीले जानकारी दिनुभयो।
खाद्यान्न बाली, काउली बाली, जरे बाली, टमाटर,लहरे बाली, हरियो तरकारी, दलहन, सुन्तला, किवी, केरा, आलु, निर्यात प्रवद्र्धन बाली, तेलहन बाली, मसला बाली, च्याउ बाली, कन्दमुल र विविध बालीमा उत्कृष्ट भएका कृषकहलाई गाउँपालिका अध्यक्ष विश्वनाथ निरौला, प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले नगद पुरस्कार र प्रशंसा पत्र वितरण गर्नुभएको थियो।
कृषि मेला प्रदर्शनीमा सहभागी कृषकहरुलाई यातायात खर्च स्वरुप जनही ६ सय दिईएको छ। प्रदर्शनीमा २८६ वटा कृषि उपजको स्टल राखिएको थियो। आर्थिक वर्ष २०७८/०७९ को स्वीकृत कार्यक्रम अन्तर्गत कृषि मेला प्रदर्शनी गरिएको गाउँपालिकाले जनाएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology