• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मुख्यमन्त्री राई र स्वीस राजदूतबीच भेटवार्ता

मुख्यमन्त्री राई र स्वीस राजदूतबीच भेटवार्ता


समायोजन खबर
  • बिहिबार, पौस १ २०७८

  • समायोजन खबर, प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईसँग बिहीबार नेपालका लागि स्वीजरल्याण्डका राजदूत एलिजावेथ भोन क्याप्लरले द्विपक्षीय हितका बारे भेटवार्ता गर्नुभएको छ। मुख्यमन्त्री कार्यकक्षमा भएको भेटघाटमा मुख्यमन्त्री राईले प्रदेश नम्बर १ लाई प्राथमिकतामा राखेर स्वीस सरकारले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले स्वीस सहायतामा सञ्चालन भएका परियोजना सम्पन्न गर्ने विषयमा प्रदेश सरकार प्रतिबद्ध रहको बताउनुभयो।

    उक्त अवसरमा स्वीस राजदूत क्याप्लरले नवनियुक्त मुख्यमन्त्री राईसँग आफ्नो पहिलो शिष्टाचार भेटघाट भएको बताउनुभयो। उहाँले विगतका सरकारमार्फत गरिएका राम्रा लागेका कामलाई निरन्तरता दिने मुख्यमन्त्रीको वचनवद्धताप्रति आभार पनि प्रकट गर्नुभयो ।
    राजदूत क्याप्लरले मुख्यमन्त्री भएपछि प्राथमिकताका क्षेत्र बारे राखेको जिज्ञासाका सन्दर्भमा मुख्यमन्त्री राईले प्रदेशको नाम चाँडै टुंगाउने अबको प्राथमिकता भएको स्पष्ट पार्नुभयो । ‘हाम्रो प्रदेशको नामाकरण गर्नेसहित अन्य केही प्राथमिकता छन्,’ मुख्यमन्त्री राईले भन्नुभयो।

    उहाँले पूर्ववर्ती सरकारले थालेका तर पूरा नभएको कामका कारणले वर्तमान सरकारको केही दायित्व बढी भएको उल्लेख गर्नुभयो । र, बजेट कम भएको अवस्थाले थप चुनौती सिर्जना गरेको पनि उहाँले उल्लेख गर्नुभयो । मुख्यमन्त्री राईले अनावश्यक योजना कटौती गर्ने, राजश्व बृद्धि गर्ने र अनुदान जुटाउने काममा लाग्नुपरेको उल्लेख गर्दै भन्नुभयो, ‘प्रदेश सरकारका आफ्ना कार्यालयहरू राख्ने संरचना नभएको अहिले अवस्थामा संघीयता कार्यान्वयनका सन्दर्भमा विगतका सरकारको मौनता र सुस्तताले वर्तमान सरकारलाई बढी चापमा पारेको छ ।’ ‘कर्मचारी पर्याप्त छैनन्, संघीय सरकारले पठाएका कर्मचारीको भर पर्नुपरेको छ,’ मुख्यमन्त्री राईले भन्नुभयो, ‘अब हामी संघीयता कार्यान्वयनको सवालमा प्रदेश सरकारको भूमिकालाई गहिरो आत्मसात् गरी अघि बढ्ने छौं।’

    सो अवसरमा नेपालका लागि स्वीजरल्याण्डका राजदुत एलिजावेथ भोन क्याप्लर नेपालको संविधान कार्यान्वयन र संघीयतालाई बलियो बनाउन प्रदेश सरकारसँग हातेमालो गर्न आफूहरू सधैँ तत्पर रहेको बताउनुभयो । संघीयता कार्यान्वयनका लागि प्रदेश सरकार शक्तिशाली निकाय भएको पनि उहाँले स्मरण गराउनुभयो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology