• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा घरमा आगलागी हुंदा २३ लाख बराबरको क्षति

खोटाङमा घरमा आगलागी हुंदा २३ लाख बराबरको क्षति


समायोजन खबर
  • मंगलबार, मंसिर २८ २०७८

  • आगलागी भएको घर।

    समायोजन खबर खोटाङ, खोटाङको रावाबेंशी गाउँपालिका–६ हौचुरका ज्ञानेन्द्र खड्काको घरमा आगलागी भएको छ। विधुत सर्ट भई आगलागी हुंदा खड्काको घर पूर्ण रुपमा जलेर नष्ट भएको छ।

    शनिबार साँझ साढे ७ वजे एक्कासी विधुत सर्ट भई आगलागी हुंदा ढुंगा माटोले बनेको टिनको छानो भएको तीन तले घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

    आगलागीबाट घरमा भएको अन्नपात, लत्ताकपडा, भाडावर्तन जलेर नष्ट भएको छ। यस्तै, सात तोला सुन र नगद ४ लाख पनि जलेको अग्नी पीडितले बताएको, प्रहरीले जनाएको छ।

    आगलागीबाट खड्काको अन्दाजी २३ लाख बराबरको क्षति भएको छ। आगलागीबाट मानवीय र चौपायामा भने क्षति पुगेको छैन। आगो हरमटार प्रहरी चौकी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology