• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

विशाल भट्टराई एमालेको केन्द्रीय सदस्यमा मनोनीत

विशाल भट्टराई एमालेको केन्द्रीय सदस्यमा मनोनीत


समायोजन खबर
  • आइतबार, मंसिर २६ २०७८

  • फाईल तस्विर।

    समायोजन खबर खोटाङ, नेपाल कम्युनिष्ट पार्टी एमालेले प्रतिनिधिसभा सदस्य तथा नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईसहित ४४ वढीलाई केन्द्रीय कमिटी सदस्यमा मनोनित गरेको छ।

    शनिबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा आइतबार अध्यक्ष केपी शर्मा ओलीले भट्टराईसहित ४४ बढीलाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गर्ने प्रस्ताव गरेका हुन्।

    एमालेको चितवनमा भएको दशौ राष्ट्रिय महाधिवेशनले भट्टराईलाई केन्द्रीय कमिटीमा अटाएको थिएन। केन्द्रीय कमिटीमा भट्टराई नअटेपछि सामाजिक सञ्जालमा दुईथरीका टीकाटिप्पणी भएको थियो।

    एकथरीले भट्टराईको नाम केन्द्रीय कमिटी नअटाउँदा ठिक्क प¥र्यो वा ब्यङग्यात्मक टिप्पणी गरेका थिए भने अर्कोथरीले चिन्ता, सदभाव प्रकट गरेका थिए।

    यद्यपी, महाधिवेशनपछि भट्टराईले पार्टी अध्यक्ष, महासचिव र उच्च नेतृत्वले आफ्नो परामर्शमै केन्द्रीय कमिटीमा नराखेर निकट भविष्यमा अर्को महत्वपूर्ण जिम्मेवारी दिने बताएका थिए। भट्टराईसँगै जिल्लाबाट रमेश पौडेल पनि केन्द्रीय सदस्यमा मनोनीत भएका छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology