समायोजन खबर खोटाङ, खोटाङमा बालिका बलात्कार र बलात्कार प्रयासका घट्ना सबैभन्दा बढी पाईएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)ले ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२’ प्रकाशनपूर्व गरेको वार्षिक समिक्षामा ११ महिनाको अवधिमा बालिका बलात्कार र बलात्कार प्रयास अत्याधिक भएको पाईएको हो।
२०२१ जनवरी १ देखि नोभेम्बरसम्म ३१ जना बालिकामा बलात्कार र यौन दुव्र्यवहारका घट्ना भएका छन्। १२ जना महिलामा बलात्कार र बलात्कारको प्रयास भएको छ। ५ वर्षीया बालिकादेखि ४७ वर्षीया महिलासम्ममा बलात्कार र बलात्कारको प्रयास भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)ले शुक्रबार जिल्ला समन्वय समितिको हलमा गरेको समिक्षा कार्यक्रममा जानकारी दिएको छ।
बालिका तथा महिलाहरु आफ्नै नजिकका छिमेकी, नातेदार, चिनजानका आफन्त लगायतबाट बलात्कृत र बलात्कार प्रयास हुदा पीडित बन्ने गरेको इन्सेक जिल्ला प्रतिनिधि तारानाथ फुयलले बताए।
यस्तै, एक जना महिला र छ जना पुरुषमा (नागरिक अधिकार हनन्) अभद्र व्यवहार, अंश मुद्दा, सम्मानपूर्ण अधिकारवाट वञ्चित हुनु परेको छ। जिल्लाका तीन महिलाको हत्या भएको ५ वर्ष पूरा हुंदा पनि हत्यारा पत्ता नलाग्नुले आम जनमानसमा न्यायको अनुभुति हुन चुनौती खडा गरेको जिल्ला प्रतिनिधि फयुलले बताए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology