समायोजन खबर, बैतडीमा सोमबार साँझ जिप दुर्घटनामा एक नवविवाहित जोडीसहित चार जनाको मृत्यु भएको छ। जिल्लाको पाटन बजारबाट पाटन नगरपालिका ७ कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जिप पाटन नगरपालिका १ सकारथाल खोलामा दुर्घटनामा परेको हो।
दुर्घटनामा परेर पाटन ७ कैलपाल माइती भएकी २० बर्षीया मनिसा विक र सुर्नया ४ घर भएका उनका श्रीमान २४ बर्षीय प्रेम चुनारा, पाटन नगरपालिका १ सकारका १३ बर्षीय विनोद भट्टराई र सोही ठाउँकी ७२ बर्षीया रमा भट्टराईको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो।
मृतक मनिसा र प्रेम नवबिवाहित जोडी रहेको उनिहरु घरबाट माइती जादै गरेको प्रहरीले जनाएको छ। दुर्घटनामा परेर अन्य ६ जना घाइते भएका छन्। घाइते हुनेमा पाटन १ का ४० वर्षीय जानकी भट्टराई, ३८ वर्षीय बिष्णु भट्टराई, ६६ वर्षीय मानध्वज भट्टराई, १० वर्षका दिपक भट्टराई, २८ वर्षीय ओम प्रकाश भट्टराई, र ४० वर्षीय गोबिन्दी बिक घाइते भएका छन्। ४० वर्षीय जानकी भट्टराईलाई डडेल्धुरा रेफर गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरिक्षक राजेश शाहीले जानकारी दिनुभयो।
चालक भने फरार रहेका छन्। कच्ची बाटोमा जिप चिप्लिएर दुर्घटना भएको प्रहरीले जनाएको छ। जिप सडकबाट करिब २ सय मिटर तल खसेको थियो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology